लेखक, पत्रकार तथा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रचार विभाग प्रमुख अनिल शर्मा विरहीलाई सरकारले फरक फरक मुद्धामा देशका विभिन्न जिल्ला पु¥याएको छ । विरामी अवस्थामा पुरानो मेडिकल कलेज चितवनबाट पक्राउ परेका विरहीलाई जिल्ला अदालतले छोड्न आदेश दिँदा पनि अदालतको गेटबाटै पक्राउ गरेर अहिले काभ्रेपलाञ्चोक पु¥याइएको छ ।
पहिलो पटक २०७७ वैशाख २३ गते कलेज अफ मेडिकल साईन्सेस (पुरानो मेडिकल कलेज) चितवनको आकस्मिक कक्षमा उपचाररत बिरामीलाई अस्पतालबाटै जबरजस्ती निकालेर आफ्नो अनुकुल स्थानमा लगिएको थियो । लगत्तै दोस्रो पटक जेठ १८ गते जिल्ला अदालत चितवनबाट साधारण तारेखमा रिहा भएका अनिललाई राज्यविरुद्ध अपराधमा पुनः अदालत हाता भित्रैबाटै गिरफ्तार गरी भरतपुर अस्पताल पु¥याइयो । अदालतले उपचार गराउनु भन्ने आदेश दिएकाले भरतपुर अस्पतालको ३०१ ए क्याविनमा उनलाई नजरबन्दमा राखियो तर पक्राउ पुर्जी भने दिइएन ।
तेस्रोपटक भदौ २० गते उपचारकै क्रममा रहेका लेखक शर्मालाई प्रहरीले पक्राउ गर्यो र रातारात धनुषा जिल्ला पु¥यायो । धनुषा जिल्ला अदालतले कर्तव्यज्यान अभियोगमा शर्मासँग १० हजार रकम धरौटी माग गर्यो ।
सरकारले विभिन्न अभियोगमा प्रहरी लगाएर पक्राउ गर्ने र अदालतले साधारण तारेखमा छोड्ने क्रम जारी नै रह्यो । चौथोपटक शर्मालाई धनुषा जिल्ला अदालत परिसरबाट गिरफ्तार गरेर भदौ २३ गते सुनसरी जिल्ला धरान इलाका प्रहरी कार्यालय पु¥यायो । हातहतियार खरखजना अभियोगमा थुनामा रहेका शर्मालाई सुनसरी अदालतले पनि साधारण तारेखमा रिहा गर्न आदेश दियो । तर, फेरि पाँचौपटक २०७७ असोज १३ गते सुनसरी जिल्ला अदालत हाताभित्रैबाट गिरफ्तार गरी उनलाई भोजपुर जिल्ला प्रहरी कार्यालय पु¥याइयो । त्यहाँ शर्मालाई संगठित अपराध अन्तर्गत ४ वटा अभियोग लगाइयो । जिल्ला अदालत भोजपुरले प्रतिअभियोग ७ हजार ५ सयका दरले धरौटी लिएर रिहा गर्ने आदेश दियो ।
भोजपुरबाट कार्तिक २१ गते अदालत हाताबाटै फेरि गिरफ्तारीमा परेका शर्मालाई संखुवासभाको जिल्ला प्रहरी कार्यालय खाँदबारी लगियो । जहाँ उनलाई संगठित अपराध अन्तर्गत ९ वटा अभियोग लगाइयो । जसमा जिल्ला अदालतले ६ वटा अभियोगमा साधारण तारेखमा रिहा गर्ने र ३ वटा अभियोगमा १०÷१० हजारका दरले धरौटीमा छोड्न आदेश सुनायो ।
एउटा जिल्लाको अदालतको आदेशले छाड्ने अर्को जिल्लाको प्रहरीले अर्को मुद्धाको फाइल तयार गरेर पक्रने र अदालत पेस गर्ने, यसरी मधुमेहका समेत रोगी शर्मालाई प्रहरीले रिँगाएको रिगायै ग¥यो । सातौ पटक यही कार्तिक २४ गते फेरि चैनपुरस्थित जिल्ला अदालत संखुवासभाको हाताबाटै नियन्त्रणमा लिएर राती नै बेलबारी इलाका प्रहरी कार्यालय मोरङ लगियो । शर्मामाथि लागेको बम विस्फोटको अभियोग सर्वोच्च अदालतमा परेको रिटद्धारा मंसिर १६ खारेज भयो र रिहा गर्न आदेश जारी गरियो तर सोही दिन अर्को पक्राउ पुर्जी थमाएर मालीगाउँ इलाका प्रहरी कार्यालय काठमाडौँ ल्याएर मंसिर १७ गते बम विस्फोटको अभियोग लगाइयो । आठौँ पटकको मुद्धामा पनि जिल्ला अदालत काठमाडौँले शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश दियो ।
तर त्यही दिन अर्थात मंसिर १७ गते नै काठमाडौँ जिल्ला अदालतको हाताबाटै गिरफ्तार गरेर जावलाखेल जिल्ला प्रहरी कार्यालय ललितपुर लगियो र संगठित अपराध अन्तर्गत दुइवटा अभियोग लगाइयो । ललितपुर जिल्ला अदालतले पनि भोलिपल्टै शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश दियो । ललितपुरबाट अनिललाई १८ गते नै राती नुवाकोट पु¥याएर चितवनमा प्रहरी नियण्त्रणमै रहेका बेला बारदात गरेको भन्ने अभियोग लगाइयो । जुन आश्चर्यलाग्दो अभियोगमा नुवाकोट जिल्ला अदालतले पनि साधारण तारेखमा रिहा गर्न आदेश दियो ।
नुवाकोट जिल्ला अदालत परिसरबाट यही मंसिर २३ गते रातारात काभ्रेपलाञ्चोक लगिएका शर्माले आफ्नो मानवअधिकार हनन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा कारबाहीका लागि भन्दै उजुरी दिएका छन् । उजुरीमा शर्माले बिरामी अवस्थाको आफूलाई औषधी खाने उचित व्यवस्था नभएको, तथा सामान्य मानवअधिकारको समेत ख्याल नगरी व्यवहार गरिएको उल्लेख गरेका छन् ।