सुनवल, ११ मंसिर ।
नवलपरासीको सुनवलमा बुधबारदेखि चौथो सुनवल महोत्सव २०८१ संचालन हुँदैछ । महोत्सवको अन्तिम तयारी बैठक मंगलबार महोत्सव आयोजना स्थलमा सम्पन्न भएको छ । महोत्सव आयोजक उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्यले महोत्सव बारे जानकारी दिँदै तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । महोत्सव उद्घाटन अघि बुधबार बिहान प्रभातफेरी हुनेछ
बैठकका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभा सदस्य तथा पुर्व मन्त्री खड्ग बस्नेतले सुनवल महोत्सव सबैको पहुँचमा हुनुपर्नेमा जोड दिनुभयो ।
महोत्सव स्थल बर्सेनि नदि कटानको अवस्थालाई मध्यनजर गर्दै जग्गा कटान नियन्त्रणको लागि बजेटको ब्यवस्था गरेको र थप आवश्यकमा पहल गर्ने बताउनुभयो । महोत्सवमा महिला हिंसा विरुद्ध जागरण गराउने कार्यक्रमहरु पनि समावेश गर्नुपर्नेमा जोड दिदै महोत्सवलाई सफल बनाउन नगरपालिकाले सहयोग गर्ने नगरप्रमुख बिमला अर्यालले बताउनुभयो ।
महोत्सवमा शान्ति सुरक्षा सहित स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्नु पर्ने नगर उप प्रमुख सुर्य प्रसाद दुवेले बताउनुभयो । त्यस्तै सुनवल नगरपालिकाका सस्थापक नगरप्रमुख भिम बहादुर थापाले महोत्सवमा लुकेका प्रतिभाहरुलाई उजागर गर्नु पर्ने बताउनुभयो । साथै सुनवल नगरपालिकाका सबै बिद्यालयहरुको सहभागगितामा जोड दिनुभयो ।
महोत्सवलाई सुरक्षाको हिसाबले पार्किङ, टिकटको समय निर्धारणमा केन्द्रित हुनुपर्ने भन्दै जुवातास र मदिरा बिक्रि बितरण गर्न नहुने इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले बताउनुभयो।
बैठकमा राजनीति दल, संघ सस्था, बुद्धिजीवी, समजसेवी लगायतको सहभागी रहेको संघका महासचिव तेज प्रसाद भण्डारीले जानकारी दिनुभयो । बैठक बाट आएका सल्लाह सुझाव लाई आत्मसात गर्दै चौथो सुनवल महोत्सवलाई व्यवस्थित बनाउने योजनाका साथ संघ लागी परेको वाणिज्य संघका उपाध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो ।