सेयर
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहितका चार साना कम्युनिस्ट पार्टीहरुले आज संघर्षका कार्यक्रम घोषणा गर्दै छन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा), ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल (आहुती) नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी नेपालले अहिले केहीबेरमा रणनैतिक संयुक्त मोर्चा घोषणा गर्न लागेका हुन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारमात्र नभएर अहिलेको संसदीय व्यवस्था नै असफल भएको बताउँदै उहाँले संकट समाधानको विकल्प संघीय जनगणतन्त्र स्थापना नै भएको बतउनुभयो ।
वैदेशिक शक्तिको आड, भरोसा र इसारामा ओली सरकारले संसद् विघटन गरेको भन्दै चार साना कम्युनिस्ट पार्टीहरुले संसद विघटन गर्ने कदम पार्टीको आन्तरिक मामिला नभएको बताएका छन् ।
shere this