सेयर
नेपालले गत आर्थिक वर्षमा विदेशबाट आयात गरेका सामान र मुल्य खर्चको स्थिति देखेर महाविर पुनले सचेत रहन अपिल गरेका छन् ।
श्याम्पु, मुखमा लगाउने क्रिम, चुईगम, काईंयो, बच्चाको डाईपर, खेल्ने तास जस्ता सामानमा वर्षेनी करोडौँ रकम बाहिरिएको छ । युवा वैज्ञानिक पुनले नेपालको अर्थतन्त्र सुधार्नको लागि यस्ता साना तिना चिजहरु बनाउने उद्योगहरु सञ्चालन गर्ने उद्यमीहरू लाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रमहरु ल्याउनु पर्ने सुझाव दिएका छन् ।
उनले भनेका छन्, ‘यस्तो हरिप चालले नेपाल कहिल्यै पनि उँभो लाग्दैन । यो त सानो उदाहरण मात्र दिएको हो । त्यस्ता वस्तुहरु नेपालमा नै बनाउनको लागि अनुसन्धान तथा विकास गर्न सहयोग गर्ने अनुसन्धान केन्द्रहरु धेरै नै खोल्नु पर्छ ।’ पुनले राष्ट्रिय आविष्कार केन्द्रले त्यसकै लागि प्रयास गरेको बताएका छन् ।
यस्तो छ गत आर्थिक वर्षमा विदेशबाट नेपालमा आयात भएका केही सामान्य सामानहरुको रकम सहितको विवरण
– कपाल रंग्याउने (Hair Dye) – ४४ करोड ३५ लाख
– श्याम्पु (Shampoo) – १ अर्ब १५ करोड २४ लाख
– मुखमा लगाउने क्रिम (Face Creams) – ७६ करोड ४८ लाख
– चुईगम (Chewing Gum) – १ अर्ब ११ करोड
– काईंयो (Combs) – १४ करोड
– बच्चाको डाईपर (Diaper) – १ अर्ब ४१ करोड
– खेल्ने तास (Playing Cards) – २३ करोड ७१ लाख
– टाँकहरु (Buttons) – २ करोड २१ लाख
– मेटाउने रबर (Eraser) –२ करोड ९ लाख
– दांत कोट्याउने सिन्का (Toothpicks) – १ करोड ४४ लाख
– सिन्के धुप (Incense Sticks) – ५१ करोड ६० लाख
– टुथ ब्रुश (Tooth Brush) – ३० करोड ७५ लाख
– टुथ पेस्ट (Tooth Paste) – ६७ करोड ४२ लाख
– बिभिन्न साबुनहरु (Soaps) – १ अर्ब ८४ लाख
– इन्डक्सन चुल्हा (Induction Stoves) – २१ करोड १८ लाख
– भुसुना मार्ने विद्युतीय साधन (Electric Insect Trap) – २७ करोड
– चोर र आगोको अलार्म (Bulgur or Fire Alarm) – ६ करोड ७४ लाख
– LED बत्ती (Lamps) – ४१ करोड ४३ लाख
– विद्युतीय तिन पांग्रे गाडी (Electric Three Wheeler) – २९ करोड
– डटपेन (Ball Pen) – ३० करोड
– ब्याडमिन्टन रयाकेट (Badminton Racket) – १६ करोड ४७ लाख
– बिजुली बत्ति र फिटिंगहरु (Electric lamps & fittings)- १ अर्ब ६५ करोड
– पानी उमाल्ने बिजुलीको कितली (Electric Kettle) – २२ करोड २८ लाख
– भात पकाउने कुकर (Rice Cooker) – ३९करोड
shere this