सेयर
पत्रकार एलबी विश्वकर्माको मृत्यु भएको छ । बुधबार राति अचानक मुटुमा समस्या देखिएपछि पाटन अस्पताल लगिएका उहाँलाई डाक्टरले मृत घोषणा गरेका हुन् ।
अचानक मुटुमा समस्या देखिए पछि उहाँलाई अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ । एलबीको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।
अछामको रामारोशन निवासी विश्वकर्मा टिभी टुडे टेलिभिजनमा कार्यरत हुनुहुन्थ्यो । विश्वकर्मा क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सदस्यसमेत हुनुहुन्थ्यो ।
shere this