सेयर
काठमाडौँ ।
राजसंस्था फर्काउन भन्दै राजावादीहरुले आज (शुक्रबार) काठमाडौँमा गरेको प्रदर्शनमा झडपको स्थिति सिर्जना भएको छ । आन्दोलनरत राजावादी र प्रहरीबिच झडप भएको हो । राजाको पक्षमा नारावाजी गर्दै राजावादीहरूले गरेको प्रदर्शनमा सहभागीहरू तीनकुनेबाट निषेधित क्षेत्र बानेश्वरतर्फ अघि बढ्न खोजेपछि झडप भएको हो ।
झडपमा प्रहरीले लाठी र अश्रुग्यास प्रहार गरेको छ भने प्रदर्शनकारीले ढुङ्गा हानेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन पानीको फोहोरा समेत प्रहार गरेको छ । झडपका कारण तीनकुनेदेखि वानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । आन्दोलनकारीले ढुङ्गामुढा गर्दा तीनकुने क्षेत्रमा स्थानीयको घरमा समेत क्षति पुगेको छ । केही घर भत्किएका छन् । स्थिति तनावग्रस्त बन्दै गएपछि आन्दोलनकारीहरु तितरवितर भएका छन् ।
shere this