अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनको प्रस्ताव आज प्रतिनिधि सभामा पेस भएको छ । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी संसदमा पेस गर्नुभएको हो । पेस भएको एमसीसीको विरोधमा सत्तारुढ दलभित्रै चर्को विरोध छ । एमसीसी प्रतिनिधि सभामा पेस भए पिन संसद भवन बाहिर भने विरोधमा व्यापक प्रदर्शन भएको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केही घाइते भएका छन् । केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले प्रदर्शनकारीमाथि लाठी, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् । एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसदमा दर्ता भएको ३२ महिनापछि प्रतिनिधिसभामा टेबल भएको हो ।
अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचनाप्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गर्नुभएको हो । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गर्नुभयो ।
Recent Comments