बारा ।
बाराको महागढीमाई नगरपालिका २ बरियारपुरमा नगरप्रमुख र समाजवादी युवा संघका उपाध्यक्ष मुकेश कुसवाह पक्षविच झडप भएको छ । नाला निर्माणको विषयमा सुरु भएको विवादले झडपको रुप लिएको हो ।
मुकेशले सामाजिक सञ्जालबाट आफूविरुद्ध गाली गलौज गरेको मेयरको दाबी छ । कुशवाहले नाला निर्माणबारे आवाज उठाउँदा मेयर यादवले आफ्ना वुबा महेन्द्र राउत अहिरलाई शौचालयमा थुन्नुका साथै कुटपीट गर्दै दुर्व्यवहार गरेको दाबी गरेका छन् ।
झडपमा मुकेश कुशवाहसहित ४ जना घाइते भएका छन् । तरुण दलका स्थानीय नेता साजन गुप्ता, महागढीमाई नगरपालिकाका कार्यालय सहयोगी धिरेन्द्र सिंह लहेरा र ट्याक्टर चालक साहेब यादव घाइते भएका हुन् । घाइते मध्ये तीन जनाको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ भने छाती र टाउकोमा चोट लागेकाले मुकेशलाई काठमाडौं लगिएको छ ।