सेयर
प्रदिप नेपाल
गाँउघर मै बसी अब आफ्नो हात चलाउने हो
अदुवा फर्सी मिठा मिठा काँक्रा फलाउने हो !
कोरोनाले सम्झाइदियो गाँउको महत्वलाइ
संसारभर आफ्नै गाँउको नाम कहलाउने हो !
आफ्नो काम आफ्नै नाम हुकुम छैन कसैको
शहरिया माफियाको सारा संसार जलाउने हो !
चार हात पाउ अब गाँउकै पाखोमा चल्नेछन्
श्रम पसिना बगाएर बाँझा बारी गलाउने हो !!
बा आमा र प्रियसीलाई आँखैअघि राखेर अब
हलो कोदालो चलाएर पिरको पहाड ढलाउने हो !!
shere this