
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन उर्जामन्त्री पोष्टबहादुर बोगटीको स्मरण गर्नुभएको छ । आज ककनीमा भएको प्रकाश दाहालको शालिक अनावरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले दिवंगत नेता पोष्ट बहादुर बोगटीको मन्त्रीकालमा सुरु भएको पासाङल्यामु सडकको काम पूरा गर्न पहल गर्ने बताउनुभएको छ ।
उहाँले काठमाडौँ त्रिशूली जोड्ने पासाङल्यामु सडक बोगटी उर्जामन्त्री भएकै समयमा सुरु भएको काम सम्पन्न हुन नसकेको उल्लेख गर्नुभयो । बाटो बन्न नसकेको इंगित गर्दै उहाँले राजमार्ग पुनर्स्थापना कोषमा रहेको करिब ९ अरब रकम परिचालन गरी पुनः टेण्डर गर्ने विषयमा आफूले सडक छिटो बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
तत्कालीन समयमा माओवादीबाट अर्थमन्त्री वर्षमान पुन र उर्जामन्त्री पोष्टबहादुर बोगटी रहेका बखत २०६८र६९ सालमा काम सुरु भएपनि ठेकेदारकाे लापरबाहीका कारण उक्त काम अघि बढ्न सकेको थिएन । प्रचण्डले राजमार्ग पुनर्स्थापना कोषको रकमबाट सडकको काम अघि बढाउन आफूले पहल गर्ने प्रतिबद्धता गर्नुभएको हो ।