काठमाडौं ।
श्रमजीवी मजदुरहरुको पक्षधर हाम्रो नागरिक अभियानले कोरोना सन्त्रासका बीच लाखौं जनता भोकमरीको स्थितिमा पुग्ने वातावरण सिर्जना भएको भन्दै सरकारको आलोचना गरेको छ । नागरिक अभियन्ता स्वनाम साथी सहित लेखक कवि पत्रकार लगायतको अभियानले सरकारले घोषणा गरेको लकडाउनका बेला मजदुर, किसान, साना आय भएका व्यवसायी तथा श्रमजीवी वर्ग अभाव भोकमरी र हैरानी खेप्न बाध्य भएको ध्यानाकर्षण गरेको हो ।
सरकारले लकडाउनका कारण खान बस्न नपाइ घर फर्केका मजदुरको उचीत व्यवस्थापन नगरेको भन्दै अभियानले राज्य अमानविय र गैरिजिम्मेवार हर्कत गरेको जनाएको छ ।
स्वास्थ्यकर्मीमाथी सुरक्षाकर्मीको आक्रमण, औषधी किन्ने नागरिकमाथी लाठीचार्ज, राहतका कार्यक्रम प्रभावहिन कार्यक्रमले नागरिकलाई राज्य हुनुको आभाष दिलाउन नसकेको भन्दै सरकारले तत्काल प्रभावकारी कदम नचाले कडा संघर्षमा उत्रने अभियानको चेतावनी छ ।
अभियानले घर फर्किन बाध्य नागरिकलाई सुरक्षीत घर फर्काउन, राहत वितरण व्यवस्थित गर्न, मल बिउ सहज बनाउन, कृषि अनुदान घोषणा गर्न र मजदुरलाई सम्बोधन गर्न माग गर्दै यी माग पुरा नभए सडकमा आउने चेतावनी दिएको हो । अभियानमा हालसम्म लेखक, विश्लेषक, राजनीतिज्ञ, स्वतन्त्र नागरिक लगायत ६० जनाभन्दा बढी जोडिएका छन् । अभियन्ताहरु थपिने क्रम जारी छ ।
अभियन्ताहरुः
स्वनाम साथी- नागरिक अभियन्ता
रसुवाली कवि -लेखक
श्रवण मुकारुङ -कवि
सुविन न्यौपाने कान्जीभाइ -लेखक
जितेन्द्र तामाङ –लेखक/जनमुक्ति सेनाका पुर्ब कमान्डर
रत्न प्रसाद अनामणि -साहित्यकार
अशोक सुवेदी –लेखक/मार्क्सवादी समालोचक
बिपि बिद्रोह -साहित्यकार
बिज्ञान शर्मा –लेखक/राजनीतिक बिश्लेषक
तुलसी बास्कोटा –लेखक/फिल्म निर्देशक
घनश्याम तिमल्सिना -फिल्म निर्देशक/कलाकार
अर्जुन बुढाथोकी –खेलाडी/राजनीतिकर्मी
योगेश बराल -राजनीतिकर्मी
कुन्साङ कान्छा –अर्थ/राजनीतिक बिश्लेशक
शङकर दुलाल –लेखक/फिल्म निर्माता
राज्य राई -फिल्म निर्देशक
बसन्त भेटुवाल -राजनीतिकर्मी
जीवन हमाल –लेखक/पत्रकार
दिपेन सिम्खडा -लेखक
सरोज सुनामी -लेखक
नमराज बिष्ट –लेखक/मुक्तककार
कब्बु कबेरी -लेखक
नवीन घिमिरे -कलाकार
सर्ब श्रेष्ठ -प्रगतिशील लेखक/मजदुर नेता
उत्तम श्रेष्ठ –लेखक/पत्रकार
प्रकाश दाहाल ताप्लेजुङे –लेखक/राजनीतिककर्मी
शिव शर्मा -कलाकार
याकथुङबा सुनिल आङबो -लेखक
ईश्वर कुमार मैनाली -लेखक
प्रभाती किरण -लेखक
गुरु चौधरी -लेखक
बिश्वास नेपाली -लेखक
महान त्यागी -लेखक
बिष्णु लामिछाने -सचेत नागरिक
दिपेन न्यौपाने -सचेत नागरिक
डिबि पराजुली -नागरिक अभियन्ता
जटिल कार्की -लेखक
दुर्लभ काइला -लेखक
सुमन सुनामी -लेखक
बेदनाथ ढकाल -लेखक
पिबि सङगम -सचेत नागरिक
कमल पाण्डे -सचेत नागरिक
सिङ्जान चेम्जोङ -लेखक
प्रकाश राहाडी मगर -लेखक
लामिछाने जी -लेखक
सुरज उपाध्याय -लेखक
दिपेन्द्र समर क्षेत्री -लेखक
अन्जान रिमाल -लेखक
अर्जुन नेपाली -लेखक
निर्मल खडका -लेखक
सङ्गम सुहाङ -लेखक
ओम प्रकाश घिमिरे -लेखक
जीवन दोङ तामाङ -लेखक
नवीन पण्डित -प्राध्यापक
शुवासचन्द्र राई -सचेत नागरिक
मुक्त उदास -लेखक
खेमराज आचार्य -लेखक
नवराज मैनाली -लेखक
जीवन पोख्रेल -लेखक
रिदोपा राई –लेखक लगायत ।
Recent Comments