-जीवन पाण्डे
-धादिगं
अब आसु खस्दैनन्
रगत पनि बग्दैनन्
तर विडम्बना
आज आफ्नै आमालाई पल्ला घरका
छिमेकीले चिथोरिरहेछ
म निःशब्द भई थर थर काँप्दै
आखाँ भरिरहेछु
ज्यान असिनाले पिटेको गोलभेडा झैँ
थिलो थिलो बनाउदै
पुरै शरीर रगतले भरीरहेछ
अझै मलाई बिस्तारै होईन
एकै चोटी खाउँला भनि
ठाउँठाउँ बाट फर्काईरहेछ
कालो मन भा’को
म भन्दा ठुलो ज्यान भएकाले
हात लर्काईरहेछ
निरन्तर लगाईरहेछ
चिच्याउदै म कराउँछु
अब कसरी लगाउनु पार त
लम्पसार परिगो मै माथी सक्दिन
थाम्न उस्को “भार त”
उस्ले लगातार मलाई बलत्कार गर्दै
यो समाज अघि रखेल बनाईरहेछ
मेरा छोरा यही समाजमा बस्दै
खै किन सधै उही सँग मेल गराईरहेछ
था भएर पनि जेठा छोरा था नभए जस्तै
आफ्नो नैतिकता, स्वाधिनता अनि
आमालाई बेचिरहेछ सस्तै
धेरै पहिले देखि दु:ख सहिरहेछ
मलाई ज्यादै सकस भईरहेछ
बुझ न ए छोरा
यति सन्तानका छोरा हुँदा पनि म
आफुलाई अँध्यारोमा घुमाउछु
अब नि नरोके उस्लाई तिम्ले
मैले मेरो सबै अस्मिता सधैका लागी गुमाउछु
अब त रोक न उस्लाई छोरा
म सधै सक्दिनँ बाच्न कोही नभए जस्तो गरी
कति बाँचु सधै म ऊ बाट यसरी नै मरी मरी
अब त छोरा केही बोल
आफ्नो दुई नयन खोल
अब मलाई बँचाऊ
पुन इतिहास रचाऊ !