नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माइला लामा २७ महिने जेलजीवन पछि आइतबार एक सार्वजनिक कार्यक्रममा देखिए ।
नेकपा काठमाडौँ जिल्ला कमिटीले गरेको रक्तदान कार्यक्रममा सहभागी लामाले सञ्चारकर्मीसँग कुरा गर्दै राज्य आफ्नो पार्टी बिच भएको तीन बुँदे सम्झौता राज्यले कार्यान्वयन नगरेको बताए । उनले आफ्नो पार्टी सहमतिप्रति प्रतिबद्ध रहेको तर राज्यले इमान्दारिता नदेखाएको बताए ।
उनले सहमति अनुसार जेलमा रहेका नेकपाका कार्यकर्ता रिहाइ गर्न सरकारले ढिलासुस्ति गरिरहेको बताए । राज्य आफूले गरेको सहमतिप्रति उत्तरदायी भइ कार्यान्वयनमा इमान्दार बन्नुपर्ने तर्क गर्दै उनले भने, ‘दुर्भाग्य हाम्रा तीन बुँदे सहमति, सरकार र हाम्रो पार्टीबीच भएको थियो फागुन २१ गते। धेरै कमरेडहरु अझै पनि जेलमा हुनुहुन्छ। छुट्नुभएको छैन। हाम्रो प्रतिवद्धताप्रति हाम्रो पार्टी इमान्दार छ।’
रक्तदान कार्यक्रममा २ सय ५० जनाले रक्तदान गरेका छन् ।