काठमाडौं ।
नेपालमा कुल संक्रमण भएका व्यक्तिहरुको संख्या १ सय २ पुगेको छ। थप एकजनामा कोरोना भाइरस पोजेटिभ देखिएसँगै संक्रमितको संख्या १ सय २ पुगेको हो ।
नेपालगंजमा रहेको भेरी अस्पतालमा पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा शुक्रबार एकजनाको संक्रमण पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाले बताए।
मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता देवकोटाले संक्रमित भएका व्यक्ति १६ वर्षीय पुरुष रहेका छन्। अहिलेसम्म संक्रमित हुनेमा ७४ जना पुरुष र २८ जना माहिला रहेका छन्। यस्तै कोशी अस्पतालमा उपचार भइरहेका ८ जना संक्रमितको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको उनले बताए। यससँगै कुल डिस्चार्ज हुने बिरामीको संख्या ३० पुगेको छ। आज पनि थपिए कोरोनाका एकजना संक्रमित अहिले रुपन्देहीमा ३ जना, नेपालगञ्जमा २४ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, वीरगञ्जमा २६ जना र विराटनगरमा १७ जना बिरामीहरुको उपचार भइराखेको प्रवक्ता देवकोटाले बताए।
यस्तै, आइसोलेसनमा १ सय ३५ जना रहेका छन्। यसमध्ये ३ जना काठमाडौं उपत्यकामा रहेका छन् भने उपत्यका बाहिर १ सय ३२ जना रहेका छन्। पिसिआरबाट १५ हजार बढी परीक्षण अहिलेसम्म कुल पिसीआर प्रविधिबाट गरिएको परीक्षणको संख्या १५ हजार ४ सय ९२ पुगेको छ। यस्तै आरडिटी विधिबाट गरिएको परिक्षणको संख्या ५४ हजार ५ सय ३१ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार ८ सय ५९ आरडीटी परीक्षण गरिएको छ।
Recent Comments