प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। उनले ७ मन्त्री र एक राज्यमन्त्री थप गरी मन्त्रिपरिषद विस्तार गरेका हुन्।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले खगराज अधिकारी (गृह),राजकिशोर यादव (उद्योग), नैनकला थापा (संचार), ज्वाला कुमारी साह (कृषि), नारदमुनि राना (वन), गणेशकुमार पहाडी (संघीय मामिला तथा सामान्य प्रशासन), मोहन बानियाँ (प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय) र आशाकुमारी विक वन राज्य मन्त्री नियुक्त गरेकी हुन् ।
उनीहरुको आजै शीतलनिवासमा शपथग्रहण भएको छ ।
उता केन्द्रमा मन्त्रीपरिषद् विस्तार भएकै दिन गण्डकी प्रदेश सरकार ढलेको छ । प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेका थिए । तर उनको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत खसेको छ ।
मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे अनुपस्थित भए भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहे ।
अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । अल्पमतको सरकार बनेको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज मतदान भएको थियो ।