रामेछाप ।
रामेछापमा अब भैँसी सुत्केरी भएका किसानले भत्ता पाउनेछन् । मन्थली नगरपालिकाले भैँसीधनीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता दिने भएको हो । नगरपालिकाभित्र स्थायी बसोबास गर्नेले दर्ता गरेको भैँसी फार्म एवं कृषकलाई भैँसी सुत्केरी स्याहार भत्ता उपलब्ध गराउने भएको नगरपालिकाले जनाएको छ ।
कार्यविधि नै बनाएर चालु आर्थिक वर्षमा ६० भँैसीधनीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता उपलब्ध गराउने तयारी नगरको छ । भैँसी सुत्केरी भएका किसानले ३० दिनभित्र आवश्यक कागजातसहित प्रस्ताव पेश गर्नुपर्नेछ ।
मापदण्ड नपुगेका, म्यादपछि प्राप्त भएका र बढीमा तीन माउ भैँसीभन्दा बढी संख्यामा प्राप्त भएका प्रस्तावलाई छनोट प्रक्रियामा समावेश नगरिने मन्थली नगरपालिका, पशु सेवा शाखाले बताएको छ ।
उहाँका अनुसार भैँसीको सुत्केरी भत्ता प्राप्त गर्न भँैसी सुत्केरी भएको निवेदन, वडा कार्यालयको सिफारिस, सम्बन्धित भैँसीधनी कृषकको नागरिकता, मान्यताप्राप्त पशु बीमा कम्पनीबाट भैँसी बीमा गराएको पोलिसीको प्रतिलिपि आवश्यक पर्छ ।