सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना मिलियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे अध्ययन गर्न गठन गरेको कार्यादलले हालकै अवस्थामा एमसिमि अनुमोदन नगर्न सुझाव दिएको छ ।
कार्यदलले आज पार्टी अध्यक्षद्वयलाई प्रतिवेदन बुझाउदै एमसीसी सम्झौता नसच्याई अनुमोदन नगर्न सर्वसम्मत सुझाव दिएको हो ।
अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीमा चर्को विवाद भएपछि माघ १९ मा नेकपा केन्द्रीय कमिटी बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको थियो । वरिष्ठ नेता झलनाथ खनाल संयोजक रहेको कार्यदलमा स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भीम रावल सदस्य थिए ।
प्रतिवेदनको निश्कर्ष सुनाउँदै पूर्वप्रधानमन्त्री समेत रहेका झलनाथ खनालले यसलाई नसच्याइकन र सुधार नगरिकन यसलाई लागू गर्न नहुने बताए ।
२० दिनको अध्ययनपछि कार्यदलले आज प्रतिवेदन बुझाएको हो ।