अवस्था कस्तो छ भने ठूला ठूला ट्याङ्करहरु बाटोमै पार्किङ हुन्छन् । तिनका लागि व्यवस्थित पार्किङ नहुँदा दुर्घटनाको जोखिम उत्तिकै बढि छ ।
मुख्य सडकमै पेट्रोलियम पदार्थसहितका ट्यांकरको अव्यवस्थीत पार्किङका कारण धनगढी बजार असुरक्षित छ । पार्किङका लागी जग्गा भाडामा लिइए पनि उचित व्यवस्थापन हुन सकेन । धनगढीको मुख्य सडकमा हुँदै आएको ट्यांकर पार्किङ हट्न सकेको छैन् । नेपाल आयल निगमले अलग्गै ट्यांकर पार्किङस्थल निर्माण गरेपनि अहिलेसम्म मुख्य सडकमा नै पार्किङ हुँदै आएको छ । अति प्रज्वलनशिल पदार्थ बोक्ने ट्यांकर मुख्य सडकमै पार्किङ हुँदा दुर्घटनाको जोखिम बढेको छ ।
उपमहानगरपालिका–३ चटकपुरमा सडकमै लस्करमा डिजेल, पेट्रोल भरिएका ट्यांकर छन् । बस्ती नजिकै आयल निगमको डिपो हुँदा दुर्घटनाको जोखिम बढेको छ । सडक क्षेत्रमा जथाभावी ट्यांकर पार्किङ गरिएपछि दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीय चिन्तित बनेका छन् । उक्तमा सवार चलाउँदै आएका सवारी चालकहरुमा पेट्रोलियम पदार्थसहितका ट्यांकर सडक किनारमा पार्किङ गर्दा दुर्घटना जोखिम बढाउनेमा चिन्तित छन् । स्थानीय अटो रिक्सा चालक गणेश चौधरी साँघुरो बाटोमा सवारी सञ्चालन गर्दा जोखिम बढाएको र सडक छेउमै पार्किङ हुँदा झन समस्या भएको बताउँनुहुन्छ ।
२०३७ सालमा खुला ठाउँमा स्थापना गरिएको आयल निगमको सुदूरपश्चिम डिपो चारैतिर बस्ती बिस्तार भएपछि धनगढी असुरक्षित भएको हो । नेपाल आयल निगम धनगढीले ट्यांकर पार्किङ्गका लागि भन्दै चटकपुरमा जग्गा भाडामा लिएको छ । गत साउनदेखि निगमले जग्गाको भाडा तिर्दै आएपनि व्यवसायीले भने पार्किङ्गस्थल छोडेर सडकमै पार्किङ्ग गर्ने कार्यलाई निरन्तरगता दिदै आएका हुन् । सम्भव भएसम्म अहिलेको ठाउँमा नै व्यवस्थित र सुक्षित गरेर पार्किङको व्यवस्था मिलाउने र स्थानीयले सहमति नदिए अर्को स्थानमा पार्किङ व्यवस्थापनका लागि तयारी गरिने नेपाल आयल निगम सुदूरपश्चिम प्रदेशका प्रमुख चितरंजन दासले बताउनुभयो ।
Recent Comments