सेयर
नुवाकोट १७ मंसिर ।
नुवाकोटको ककनी वडा नम्बर २ मा भएको वडाध्यक्षको निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
आइतबार भएको मतदानमा माओवादीका कृष्ण घिमिरे मिलन विजयी हुनुभएको हो ।
६८ दशमलव ७५ प्रतिशत मत खसेको थियो । कुल बत्तिस सय ८० मतदातामध्ये बाईस सय ५५ मत खसेकोमा मिलनले एक हजार ८५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार सुर्य तामाङले ५८७ मत प्राप्त गर्नुभएको छ ।
२०७४ को चुनाव माओवादीले जितेको यस वडामा २०७९ मा भने कांग्रेसले जीत हात पारेको थियो । नेकपा माओवादी केन्द्रले २०७९ को चुनावमा झिनो मतान्तरले पराजित मिलनलाई नै अहिले उम्मेदवार बनाएको हो ।
shere this