लेखकः तेज दोङ उर्जा
मेरो सपनालाई मैले कहिँकतै छोडेर त्यो दृश्यभन्दा पर अनकन्टार र सन्नाटा बस्तिमा हराउन पटक्कै मन छैन । सोचेँ एकपटक अब म कहिल्लै नभेटीने मान्छेहरुको सपना पुरा गर्न सक्दिन होला । किनकि म पनि अरु कमान्डर जस्तै नयाँ परिवेसमा बेचिन्छु होला नयाँ मुल्यमा ।
हजारौं मेरा सहयात्रीहरुको बलिदान नहुँदो हो त मैले त्यो यात्रालाई बिर्सजन गरिसकेको हुने थिए । अफसोच तिनै यात्रीको सम्झनामा यात्रा निरन्तर जारी राखेँ एक दिन गन्तव्य भेटने आशमा र उनीहरु नै साक्षी भैदिए मेरो समर यात्राको ।
मैले जीवनको अमुल्य र उर्जावान बिताएको समयलाई फर्किएर हेरेँ । दर्जन भन्दा बढि मोर्चाहरु लडेँ २ दर्जन आफ्नै कमान्डमा मैले कासन गरिरहँदा पहाडमा कम्पन पैदा हुन्थ्यो । लडाइँको लागि आफु मानसिक हिसाबले तयारी बन्नु र आफना सदस्यहरुलाई तयारी गराउनु आदि । जब म मानसिक हिसाबले युद्धाको लागि तयारी हुन्थेँ म भित्र जोसले भरिँदा शत्रुको शिविरमा कम्पन भैरहेको आभास हुन्थ्यो । मलाई उर्जा दिन दर्जनौँ सहयोद्धा पङ्तीमा उभिएको देख्दा यो संसार मेरो हो र मेरो अगाडि जितको संसार छ भन्ने लाग्थ्यो ।
सबै लडाइँ एकनासको नहुँदो रहेछ, युद्ध सिक्काको दुइपाटा जस्तो कहिले हार त कहिले जीत मैले जितेँ भन्दाभन्दै पनि कहि क्षतीको दृश्यले मन अमिलो बनाउने गर्छ । सँगसँगै काँधमा काँध मिलाउँदै लड्ने सहयोद्धाहरुको भग्नावशेस शरिरको झल्को आउने रहेछ । जीतको उल्लासमा अगाडि बढ्दै गर्दा मैले टक्क उभिएर पछाडी हेरेको छु र कसैले नदेख्ने गरि आँखा बन्द गरी रोएको छु अरुले थाहा नपाउने गरी ।
घाइते, अपाङ्ग अनि दुश्मनको क्याम्पमा धावा बोल्दाबोल्दै बाँकी क्रान्तिको अभिभारा तपाइँलाई जिम्मा लगाएको छु त्यो पुरा गर्नुहोला कमरेड भन्दै बिदा भएका महान आत्माहरुको चित्कार अहिले पनि निको नहुने घाउ बनेर हृदयको कुनामा दुखिरहेको छ । ति दुखाइसँग कयौँ पटक मेरा पाइलाहरु भासिएका छन अगाडि बढ्ने हिक्मतरहित बनेर । म बिगत संग कहिल्यै पनि हारिन थाकिन । मैले परेड खेलेको सम्झिएँ मलाई परेड खेलाउने कमान्डर अन्तिम दिन युद्ध मैदानमा गुमाएको सम्झिएँ ।
दर्जनौँ मोर्चाको मेरो सहयात्री हुुनुहुन्थ्यो चतुरमान वाइवा (क.अनिस) सिन्धुपाल्चोक जिल्लाको सिन्धुकोटमा २०३७ सालमा जन्मनु भएको क.अनिस २०५५ सालमा सानै उमेरमा क्रान्तिको यात्रमा सहभागी हुनु भयो । मेरो कमाण्डरले युद्धमोर्चामा कासन गरिरहदा कयौ पटक दुश्मनहरु हायलकायाल भएका थिए आत्मसमपर्ण गरेका छन । लाग्थ्यो यो मान्छे सर्वहाराको जनताको मुक्तिका लागी नै जन्मिएको हो ।
उहाँ सहभागी मोर्चाबद्ध लडाइँहरु
२०५८ साल माघ २२ गते काभ्रेपलान्चोकको भकुण्डेबेसीबाट शुरु भएको सैन्ययात्रा
२०५९ बैशाख २२ मा संखुवासभाको चैनपुर शाही नेपाली सेनाको ब्यारेक
२०५९ भदौ २२ सिन्धुलीको भिमान
२०५९ कार्तिक १० गते ओखलढुङ्गाको रुम्जाटार
२०५९ मंसिर १८ सिराहाको लहान
२०६० चैत २२ धनुषाको यदुकुवा
२०६१ चैत २१ चरिकोट दोलखा जेल कब्जा
२०६२ साउन ३२ बनेपाको कमाण्डो
२०६२ माघ ८ झुरझुरे मकवानपुर
२०६२ माघ २४ पनौती काभ्रेपलाञ्चोक
२०६१ बैशाख २७ मैनापोखरी दोलखा ।
२०६१फाल्गुन १६ अम्लेखगञ्ज बारा पर्सा मकवानपुर
र २०६२ सिराह बन्दीपुर ।
स्वायड सदस्य बाट शुरु भएको सैन्य यात्रा स्क्वाड कमाण्डर, प्लाटुन सह कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी सह कमाण्डर, कम्पनी कमाण्डर, बटालियन सह कमाण्डर हुंदै १३ औँ बटालियन कमान्डर हुनु भयो ।
पार्टीको ढाडमा टेकेर टाउकोमा हान्ने रणनीतिलाई आत्मसाथ गर्दै अगाडी बढने क्रममा बेथान स्मृति ब्रिगेडले हतियार कब्जा गर्ने योजना अनुरुप कमाण्डोको योजना बन्यो र २०६२ चैतमा काभ्रेपलान्चोकको दारेचोकमा भिडन्त भयो । त्यो भिडन्तमा म पनि संगै थिए सेल्टर लिने क्रममा हामी सबै भन्दा अन्तिम घरमा थियौ जहाँ दुश्मन आउने बाटोको पहिलो घर । म संग झन थियो, उहाँ आँगनमा उभिएर दुश्मन आउने बास हेर्दै हुनुुन्थ्यो म कराए कमाण्डर दुश्मन मेरो वाक्य पुरा नपाउदै सेनाबाट फायारिङ्ग भयो उहाँ ढल्नु भयो । कमरेड अनिसको भौतिक शरीर सँग साटेको हतियार
१.३ थान LMG
२. २ थान LSW
३. १ थान G36
४. टुइचमोटार १ थान
५.१४ थान इन्सास राइफल
६. ५ थान बेल्जीयम राइफल
अझै पनि बिगत आलो घाउ बनेर दुखीरहन्छ । तपाइप्रति लाखौँ लाख सम्झना हार्दिक श्रद्धासुमन । हार्दिक श्रद्धान्जली ।।