एजेन्सी ।
चिनियाँ सेनासँग भएको झडपमा २० भारतीय सैनिक मारिएका छन् । सोमबार राती लद्दाखको गलवान उपत्यकामा भएको झडपमा मारिने सैनिक २० पुगेका हुन् ।
भारतीय रक्षामन्त्रालयले मंगलबार बिहानै एकजना कर्णेल र दुईजना सिपाहीले ज्यान गुमाएको पुष्टि गरेको थियो। तर चिनियाँ सेनासँगको झडपका क्रममा ३० जनाभन्दा धेरै हराइरहेको अवस्थामा मृतक बढ्न सक्ने अनुमान गरिएको थियो।
भारतीय समाचार एजेन्सी एएनआईले ४३ जना चिनियाँ सेनाको पनि यो झडपमा ज्यान गएको दाबी गरेको छ। यसबारे यकिन तथ्यांक आएको छैन। चीनले आफ्ना सेनाबारे केही बोलेको छैन । भारतबीच सीमा क्षेत्रमा यति ठूलो हताहती हुने गरी ५५ वर्षपछि हिंसक झडप भएको हो।
झडपबारेमा भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर भारतले सदैव एलएसीको सम्मान गरेको बताउँदै चीनले पनि यस्तै गर्नुपर्ने उल्लेख गरेको थियो। चीनले भारत चिनियाँ भूमिमा प्रवेश गरेर आक्रमण गरेको जनाउँदै आएको छ ।