नवलपरासी, ६ असार ।
लुम्बिनी प्रदेश सरकारका उद्योग पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले उद्योगको प्रवर्द्धन र विस्तारका लागी प्रदेश सरकारले कानुनी जटिलतालाई हटाउने बताउनुभएको छ। उद्योग वाणिज्य संघ सुनवलले आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले उद्योग दर्ता र नवीकरणमा विशेष छुट सहितको व्यवस्थापनसहित मन्त्रालय अगाडि बढेको बताउनुभयो।
मन्त्री बस्नेतले स्वरोजगार बनाउन नितिगत सुधार गर्दै अगाडि बढेको र मागको आधारमा तालिम सञ्चालन गर्ने र तालिम प्राप्त व्यक्तिलाई प्रविधि हस्तान्तरण गरी स्वरोजगार बनाउने गरी बजेट निर्माण गर्ने बताउनुभयो । त्यस्तै नीतिगत सुधारको लागि उद्योगी र व्यवसायीसँग छलफल गर्ने बताउँदै उहाँले उद्योग दर्ता घरबाटै गर्न सक्ने व्यवस्थाको लागि मन्त्रालय अगाडि बढेको उल्लेख गर्नुभयो ।









































