सेयर
काठमाडौं ।
चिनियाँ राजदूत हौ यान्छी नेकपाका नेताहरुसँग भेट गरेकी छन् । नेेकपाभित्र विवाद बढेको बेला राजदुत यान्छीले गरेको भेटलाई चासोका साथ हेरिएको छ । आज बिहान यान्छी नेकपाका अध्यक्ष प्रचण्डसङ्ग भेटवार्ता गरेकी छन् ।
यान्छीले हिजो प्रधानमन्त्रीसङ्ग समेत भेट गरेको बताइएको छ । प्रधानमन्त्रीसङ्ग राती ८ देखि १० बजेसम्म दुई घण्टा कुराकानी भएको थियो ।
भेटमा समसामयिक राजनैतिक परिस्थितिवारे जिज्ञासा राखिएको र पार्टी एकताबद्ध रहने आशा ब्यक्त गरिएको श्रोतको दावी छ ।
प्रचण्डलाई भेटेर राजदूत सीधै अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाइ भेट्न कोटेश्वर गएकी छन् ।
यसअघि अस्ति दिउँसो चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय बिभागका प्रमुख सोङ्ग ताओले वरिष्ठ नेता माधव नेपाललगायतसङ्ग तीन घण्टा भिडियो कन्फरेन्स गरेका थिए ।
shere this