फणिन्द्र आचार्य ‘अनल’
मलाइ राम्रोसँग थाहा छ । जब म परिवर्तनकोलागि लड्दा लड्दै उमेरले ३५ वर्ष पार गरेछु । अचम्मसँग जिवनसाथी जुटिन । छोरा जन्म्यो, तर खोले (सेरलेक्स ) खाने समस्या बढ्यो । फेरि पनि म लत्रीरहें । पछि त सातुको खोले खान नै समस्या भएछ । म ३८ वर्ष नाघिसकेछु । अर्कोतीर परिवार र अरुले एक छाक खान समेत मुस्किल भएछ । सातु खोले पनि अड्कलेर खाने समस्या आएछ मेरो छोरोलाइ र अरुलाइ । कठै ! आफ्नै जीवनप्रती धिक्कारें । अनि त चटक्कै त्यो एकता केन्द्र फुटेर माओवादी बनाएर ( मेरो भोटले बहुमत ! रे ? ) बनाएर , जनयुद्धको खाका कोरेर , गोर्खा बसाइँको धेरैपछि मैले आफैलाइ धिक्कार्दै पार्टिको केस, क्षेस, जिल्ला तहका सारा जिम्मेवारीबाट राजिनामा दिएर मात्र पार्टी सदस्यको हैसियत राखेर सारा जिम्मेवारीबाट राजिनामा दिएँ।
फेरि पछाडी फर्कें ! किन ? मलाइ तत्कालिन नेतृत्वले पाखा लगाउन खोजेछ । म त विद्यार्थीकालमा सर्वहाराकरण गर्ने अभ्यास र जनयुद्धको लागि बैंक लुट्ने मान्छे ! उता देशभक्त तथा जनतान्त्रिक सरकारको गठन ? त्यो पनि संविधानसभाबाट चुनिएको (राजा त्रिभुवनको त्यो बासी खजना बोकेर २०३१ सालमा गठिट क. पुस्पलाललाई गद्दार र अरु तत्कालिन क्रान्तिकारिलाई उग्र र निम्न पुँजीवादीको आरोप लगाउँदै उदाएका माओवादी र उनका चेलाहरुले जुगेडी, जुटपानी र पुर्तिघाट पछिको सिको गर्ने सेक्टर काण्डमा करारी हारपछि “सत्ता जनतामा हस्तान्तरण ” नारा लगाउँदै २०४७/०४८ सम्म हाम्रै सर्वहारावादी श्रमिक संगठन – २०३८ वा जुगेडी किसान संघर्ष २०३४ को नारा चोर्दै, नक्कल गर्दै २०४८ मा जनयुद्धको कार्यदिशा पास गर्यौँ ।
अचम्म ! शशी र रुपलाल थाकेर लामाजीको सशस्त्र विद्रोहमा पुग्नुभयो । म सर्वहाराकरणको अभ्यास गर्ने, जनयुद्धको लागि बैंक लुट्नेले कसरी जनयुद्धको कार्यदिशा छोड्ने ?
तर , नयाँ जनयुद्धकारिले मलाइ किनारा लगाउन खोजेको छनक पाएपछि, म पुरै किनारामा उभिएर हेर्दै गरें ।
माओवादी नेतृत्वका ती चेला चपेटाको जनयुद्धको आज दशा ओली नेतृत्वमा समाहित भएर अत्मविस्वाश पुरै गुमाएर भारत अमेरिकी चाटुकार बनी सकेछ्न !
हामी बैंक काण्डमा ।
क्या गजबको परिपन्च रचिएछ – “कि पार्टी विघटन, कि तिलस्मी घटना ” रुपलालजीको माग बनेछ र हामी पुर्तिघाटको बैंक कब्जा गर्न पुगेछौं ।
हो , म रन्थनिदै घरमा गएँ । मेरा बाआमा र दाजुभाइको सबै जग्गा जमिन रोक्का थियो । कारण २०४१ सालमा मलाइ जिम्मा दिएर लुटिएको राष्ट्रिय वाणिज्य बैंक पुर्तिघाट गुल्मिको साढे १७ वर्षे मुद्धा र सगोलको घर जग्गा रोक्का भएछ साथै मसहितका हामी तिन – तारापती पौडेल, धनिराम चौधरी(नवलपरासी) सहितलाइ त्यो समयको ३५ लाख बढिको मुद्दा पनि रहेछ । उता धनिराम चौधरीको पुरै परिवारको सबै घरजग्गा लिलाम भएछ । यता मैले २०३८ मा पार्टी नेतृत्वले सर्वहाराकरण गर्ने नीति पास गरेकाले म भर्खरै विद्यार्थी राजनीतिमा राजकाज अपराध मुद्धाबाट तारिकमा छुटेर WT ( पेशेवर कार्यकर्ता भएकै समयमा सर्वहाराकरण” को अनुभुति हामिले पनि गर्नुपर्छ भनी १० कट्ठा जमीन बाआमा, दाइलाई कोहलपुरको घडेरीको सपना देखाइ बेच्न लगाइ रुपलालको हातमा २२ हजार रुपैयाँ थमाएको रहेछु ।
जेलबाट छुटेपछी, वैवाहिक सम्बन्ध र पुत्र प्राप्तीपछिको आर्थिक समस्या र त्यो नयाँ पार्टीको ! पुरानो जनयुद्धको कार्यदिशा अंगालेर दशकट्ठा चितवनको हालको रनपाको जग्गा बेचेर सर्वहारा करणको अभ्यास गरेको त्यो विद्यार्थी कार्यकर्ता ! जस्लाइ तुरुन्तै बैंक कब्जामा लगाइयो !
उता मेरो दश कट्ठा / २२ हजारले त्यो समयको केसका खगेन्द्र संग्रौला, विध्या श्रेष्ठ, खेम बहादुर पुन, धर्म थापा, प्रेम क्षेत्री लगायतका शशी शेरचन, रुपलाल बिश्वकर्मा लगायतका दशजनाको केस छिन्नभिन्न भएछ । सुर्य मगरलाई फकाएर शशी र रुपलालसहितको ३ सदस्यीय पार्टी केन्द्र बनेछ । यहि समितिले “तिलष्मी” घटनाबारे योजना बनाएछ । आठौं आश्चर्य ! ती तीन सदस्यीय सुर्य मगर र अर्का १० सदस्यभित्रका प्रेम क्षेत्री हाम्रो बैंक लुटपाटका नेता तथा योजनाविद् पनि थिए । कुनै “तिलस्मी” काम गर्ने नाम मलाइ सम्झे
आज पनि आश्चर्य लाग्छ ।
धेरैपछि एउटा किराना पसल चलाउन आफन्तहरुले सहयोग गरे । म हरेक दिन १८/२० घण्टा खटेँ । मेरो परिवारबाट समेत राम्रो सहयोग पाएँ । पसल र मेरो छोरीसँगै सँगैका, सबै बिस्तारै हुर्किदै गयौं । छोरा छोरी अनि बुढाबुडीसहित पसल समेत सँगै हुर्किँदै, बढ्दै आज छोरा डा . र छोरी पनि केही महिनापछि डा. भएर आउलिन्।
तर , त्यो समयको पार्टी राज्यमा भएका मेरा “महामहिम नेता र आजका सत्ता हिस्सेदार उनै पात्र छ्न् । आश्चर्य ! त्यो समयमा खोले समस्याबाट टाडिनुपर्यो । आज परिवार, छोरा छोरीमाथी सत्ताले गर्ने अकर्मण्यता वा स्वास्थ्यकर्मिमाथीको खेलवाड/भ्रष्टाचारको लथालिङ्ग अवस्थाबाट कसरी यो कोरोना महामारीबाट नेपाल सहित विश्वका धेरै देश मुक्त होलान ?
सवाल मेरो सिङ्गो परिवारको नहोला ! तर, यहि अवस्था रहेमा के उपल्ला सत्ताधारिलेमात्र ज्यान बचाएर कि विदेश ताक्ने र संसारको १७ औँ पुरानो देशलाइ साम्राज्यवादी नङ्ग्राले च्यातेर लथालिङ्ग पार्ने नै हो त ?
याद गर सन् १९४७ मा भारत स्वतन्त्र हुनुभन्दा एक दिन पहिले पाकिस्तान स्वतन्त्र भएको हो । अनि भुटान, सिक्किम, माल्दिभ्स र श्रीलङ्का पहिले नै स्वतन्त्र राष्ट्र हुन् । दक्षिण एसियामा सबैभन्दा कान्छो देश भारत हो (बङ्गलादेश, भारतीय षड्यन्त्र ) अनि भारत कसरी बडेभाइ ?
आज दक्षिण एशियाली मुलुकमा भारत यहि घमण्डको कारणले एक्लिदै छ । अन्य साम्राज्यवादी मुलुकको अर्थतन्त्र पनि चौपट हुँदैछ । यदि नेपाल सरकारले मात्र कमिसन तथा भ्रष्टाचारमा शुन्यता लाउन सके, कृषि र पशुमा क्रान्ति गर्न सुलभ दरमा रिण लगानि गर्ने निति ल्याउदा भाइ भतिजा निषेध गर्न सके अझ पनि ७ % आर्थिक वृद्धि संभावना छ ।
२% घट्ला भन्ने निराश हुनुपर्दैन । तर , गोरुको दूध आउँदैन होला !