सेयर
एजेन्सी ।
वायुमण्डलको ओजन तहमा रहेको प्वाल टालिएको छ । पृथ्वीको ध्रुवीय क्षेत्र माथिको आकाशमा रहेको ओजन तहको सबैभन्दा ठुलो प्वाल आफै टालिएको हो ।
वैज्ञानिकहरुले मार्च महिनाको अन्त्यमा उत्तरी गोलार्ध माथिको वायुमण्डलको ओजन तहमा अहिलेसम्मकै ठूलो प्वाल देखिएको जनाएका थिए । ग्रिनल्याण्डको क्षेत्रफल जत्तिकै ठुलो प्वाल शुक्रबार हेर्दा भने टालिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।
वैज्ञानिकहरुले मौसमका कारण देखिएको र त्यो अहिले हराएको बताए । उनीहरुका अनुसार मौसम असामान्य हुँदा ओजोन तहमा प्वाल भएको हो ।
पृथ्वीको मौसम चिसिएर ठण्डा हावाको तेजले वायुमण्डल तिव्र गति पैदा गरेको त्यसको असर ओजोन तहमा देखिएको वैज्ञानिकहरुले बताएका छन् ।
ओजोन तहमा खराब मौसमका कारण देखिएको प्वाल टालिनुमा मौसममा सुधार आएको अनुमान वैज्ञानिकले गरेका छन् ।
shere this
Recent Comments