चितवन ।
चैत ४ गते कतारर एयरवेजबाट नेपाल आएका चितवनका ४ जना कोरोना अस्पतालको सम्पर्कमा पुगेका छन् । सोही दिन फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना संक्रमण भएको पाइएपछि सरकारले उनीसँगै एउटै एयरलाइन्समा आएका यात्रुको खोजी थालेको थियो । जसमा चितवनका ६ जना यात्रु सवार थिए ।
६ जनामध्ये ४ जना अस्पतालको सम्पर्कमा पुगेको प्रहरीले जनाएको छ । प्रहरीले ६ जनाकै नाम सार्वजनिक गरेपछि चितवन गौरीगञ्ज घर भएका वुद्धिराज कोइराला र सन्जु कॉडेल कोइराला तथा आँपटीरीका शम्भु नेपाली र उनकी श्रीमती पार्वती नेपाली कोरोना अस्पताल भरतपुरको सम्पर्कमा आएका हुन् ।
अन्य दुई जनालाई पनि सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ । सोही जहाजमा चितवनका दिक्षा कंडेल र सुरेस गुरुङ पनि थिए । ती व्यक्तीहरु चितवनको भएपनि जिल्ला आए नआएको बारे अनुसन्धान गर्ने काम भईरहेको प्रहरी उपरिक्षक नान्तिराज गुरुङले जानकारी दिए । संक्रमण भएको हुन सक्ने आशंकामा कतार एयरवेजबाट चैत ४ गते नेपाल आएका सबैलाई क्वारेन्टाईनमा राख्ने सरकारको तयारी छ ।