सेयर
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ।
सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत दिन प्रस्ताव गर्नुभएको थियो ।
प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री केसीले मागेको विश्वासको प्रस्तावको पक्षमा ४२ मत परेको र जुन बहुमत रहेको जानकारी दिनुभयो ।
उहाँकाअनुसार बैठकमा उपस्थित ४३ प्रदेशसभा सदस्यमध्ये प्रस्तावको पक्षमा ४२ मत परेको र विपक्षमा शून्य र एक तटस्थमा परेको हो ।
प्रदेश सभाको कूल ८० सदस्यको ४२ मत बहुमत रहेको र उक्त मतसँगै मुख्यमन्त्री केसीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
मुख्यमन्त्री केसीले प्रदेशसभामा विश्वासको मत माग्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिस्कार गरेको छ ।
shere this