सेयर
हेम बहादुर खड्का (राज)
श्रमजीवी वर्गसंघर्ष नयाँ उचाईमा उठाउदै सर्बहारा वर्गको अधिनायकत्व प्राप्त गर्न रोपेको क्रान्तिको बिज- संसदीय संसोधनवादमा पतन भयो र आफ्नो आत्मसमर्पणवाद , बिसर्जनवाद र प्रतिक्रियावाद अनि सामाजिक दलाल पुजीवादको बोट बनेर हुर्किन पुग्यो ।
जनयुद्धको गौरवपुर्ण ईतिहासले जज्वल्यमान प्रचण्ड शान्तिवार्ता लगत्तै कुरुप अध्यारोका छबिलाल बन्न पुगे । सामन्ती पुजीवादी राज्यसत्ता बिरुद्ध लडेका जनमुक्ति सेनाको अभुतपुर्व बलिदानले सदियौ देखि, सामन्तवाद र नोकरशाही दलाल पुँजीवादी व्यवस्थाको अन्त्य भएर श्रमजीवी जनतामाझ समानताको नयाँ सपना साकार हुने प्रष्ट मार्गदर्शन थियो ।
यसबाट अतालिएका संसोधन्वादमा पतन भएको एमाले ले एन्जिओ र आईएन्जिओ मार्फत ठुलठुला कर्पोरेट हाउसहरु नेपाल भित्र्याएर आर्थिक लाभको प्रलोभनले संसदीय व्यवस्थामा आफ्नो उपस्थिति बलियो बनाउनेतर्फ केही हदसम्म सफल रह्यो ।
प्रचण्ड बाबुरामहरुको वैचारिक , राजनीतिक , आर्थिक , साँस्कृतिक र सङ्गठनात्मक पतन पनि हिजो संसोधनवादमा पतन हुन पुगेका एमालेहरुसङ्ग मालेमावाद छोडेर बिलय हुन पुगेका प्रचण्डको बिचलनको प्रक्रिया र बाबुरामले कम्युनिस्ट धार नै छोडेर क्षेत्रीय र जातीय पार्टीमा बिलिन हुन पुगेपछि सुरु भएको छ ।
यस विचमा श्रमजीवी , उत्पीडित सच्चा क्रान्तिकारीहतु जुटेर आत्मासमर्पणवादी र बिसर्जनवादीका हातबाट क्रान्तिको झन्डा खोसेर बिश्वभरका श्रमजीवी बर्गले देख्ने गरि अझै उचाईमा पुर्याएका छन् ।
भासण समाजवादको दिने बाबुराम कम्युनिस्ट धार छोडेर आफ्नो अस्थित्व जोगाउन कङ्रेसको पिढीमा पुगेका छन , भने प्रचण्ड आफ्नो एक मुठ्ठी प्राण टेकाउन एमालेहरुको चुल्होमा लम्पसार परेर पुगेका छन ।
यसले नेपालको कम्युनिस्ट आन्दोलनमा बाबुराम बर्नस्टिन र प्रचण्ड मिलेराँ मा परिणत हुन पुगे ।
प्रचण्ड र बाबुरामहरुको बिचलनकारी कदमकै कारण हिजो पार्टी भित्र उठेका दलित र जातीय मुक्तिका प्रश्नहरु, विभेद र महिला मुक्तिका आवाजहरुलाई दुईलाईन संघर्षमै सकेर , असमानता र भ्रष्ट, तस्कर, घुस्याहाहरुको प्रतिक्षालयका रक्षक बनेर अबसरवादको संसदीय व्यवस्थाको भासमा कहिल्यै निस्कन नसक्ने गरि डुबे ।
प्रचण्ड र केपी ओलिहरुले राजनीतिक शक्तिले गर्ने जनसंघर्षका कार्यक्रमहरु बाट जनता एकीकृत जनाक्रान्तीमा लामबद्द हुन थालेपछि अतालिएर प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टी र प्रतिक्रियावादीहरु बिच अब क्रान्तिकारी शक्तिहरु धुर्बिकरण भैइ संसोधनवादी र बिसर्जनवादीहरुको किल्ला ध्वस्त बनाउने छ्न ।
क्रान्ति फेरि बैज्ञानिक समाजवादको आलोकमा रातो क्षितिजबाट एकीकृत जनक्रान्तीको मार्गदर्शनका रुपमा हर बिहानीको उषाकिरण बनेर जगमगाउदै छ ।
shere this