सेयर
-सुवास राई
नदि छेकेर मात्र के गर्नु
सुन्दर ताल बनाउन सकिँदैन भने
प्रेम गरेर मात्र के गर्नु
आज म तिम्रो विशेष हैन भने ।
तिम्रो मुटु भएर के गर्नु
म अँटाउने ठाउँ छैन भने ।
लेखेर नाम के गर्नु
त्यो नाम मेरो हैन भने
प्रेम दिवस आएर के गर्नु
तिमी मेरो प्रेमी हैन भने
टिपेर गुलाफ के गर्नु
त्यो मेरै हातमा सुक्छ भने
यस्तो हरफहरु कोरेर के गर्नु
आफ्नो प्यारी मन मै छ भने
नहुनेहरु रिसाएर के गर्नु
अरुले प्रेम दिवस मनाइछाड्छ भने ।।
…र यो पनि, प्रेम दिवसको नाममा आफ्नो पहिचान र संस्कृति नमारौं ।
प्रेम दिवसको सबैमा शुभकामना ।
shere this