काठमाडौँ ।
प्रहरीले नक्कली प्रेस कार्ड बनाउने तीन जनालाई पक्रेको छ । बागबजारस्थित कालिका डिजाइन मा छापा मारी प्रहरीले तीनजनालाई पक्रेको हो । उनीहरुले फेसबुकमार्फत सम्पर्क गरी कार्ड बनाइदिने र होम डेलिभरी गर्ने गरेको खुलेको छ ।
एउटा कार्डको ५ सयदेखि २ हजारसम्म लिएको प्रहरीले जनाएको छ । विशेषगरी विभिन्न अनलाइनका नाममा नक्कली प्रेस कार्ड बनाउँदै गर्दा उनीहरूलाई पक्रेको हो ।
लकडाउनका बेला प्रेसकार्डको दुरुपयोग बढेपछि प्रहरीले निगरानी बढाएको छ ।
याे सामग्री सेअर गर्नुहाेस्