सेयर
प्रदेश १ का मुख्य न्यायाधिवक्ता डा. चूडामणि आचार्यसहित उनको परिवारका सदस्यमा कोरोना संक्रमण भएको छ । परिवारका तीन जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रारम्भिक लक्षणका आधारमा स्वाब परीक्षण गर्दा आचार्य, उनकी श्रीमती र छोरालाई कोरोना पोजेटिभ देखिएको हो।
परिवारका सबै सदस्यलाई ज्वरो आउन थालेपछि आचार्य आफैंले स्वाब परीक्षण गराएका थिए। आचार्यका परिवार विराटनगर महानगरपालिका ५ स्थित आफ्नै निवासमा सेल्फ क्वारेन्टाइन बसेका छन्।
आचार्यसहित तीन जनालाई नै उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी छ। यसअघि प्रदेश २ संघीय सांसद र महानगरका मेयरसहितलाई कोरोना देखिएको थियो।
shere this









































