भारतको मुम्बइमा बसेर फिल्म निर्माणको प्राविधिक काममा संलग्न नेपाली नागरिक राजेन्द्र घिमिरे अभिनित दक्षिण भारतीय तेलगु चलचित्र महान रिलिज भएको छ ।
भारतीय चलचित्र निर्माण निर्देशन तथा अभिनयमा समेत सक्रिय घिमिरे तेलगु फ्लिम महानका लाइन प्रोड्युसर समेत हुनुहुन्छ । यो चलचित्रमा भारतीय सुपर स्टार विक्रम र उहाँका छोरा ध्रुव बिक्रमसहित घिमिरेको अभिनय छ । घिमिरे नेपालको नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका दुई पिपल झिल्टुङ्का बासिन्दा हुनुहुन्छ ।
घिमिरे भारतीय मूलधारका चलचित्रसँगै मुख्य गरी दक्षिण भारतीय फिल्महरूमा लाइन प्रोड्युसरका रूपमा २० वर्षदेखि सक्रिय हुनुहुन्छ ।
उहाँले हिन्दी, तेलगु, तामिल, पन्जाबी, अङ्ग्रेजी गरेर ७५ बढी ठुलो बजेटको चलचित्रमा लाइन प्रोड्युसरको रूपमा काम गरिसक्नुभएको छ । उहाँले साउथ इन्डियन फिल्म मास्टरमा समेत काम गर्नुभएको थियो ।
यो पनि पढ्नुहोस्