
काठमाडौँ ।
नुवाकोटका १२ स्थानीय तहको बेरुजु रकम ५२ करोड रुपैयाँभन्दा बढी देखिएको छ । महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदनअनुसार जिल्लाको १२ स्थानीय तहको बेरुजु रकम ५२ करोड ४५ हजार रुपैयाँ देखिएको हो । बुधबार आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन सार्वजनिक भएको थियो । प्रतिवेदनअनुसार नुवाकोटकाके तारकेश्वर गाउँपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ । तारकेश्वरको ८९ करोड ८६ लाख १४ हजार रुपैयाँको लेखापरीक्षणमा १५ दशमलव ५३ प्रतिशत बेरुजु देखिएको छ । १३ करोड ९५ लाख ९३ हजार बेरुजु प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा कम बेरुजु विदुर नगरपालिकाको शुन्य दशमलव ८५ प्रतिशत छ । २ अर्ब ९८ करोड ६६ लाख ९४ हजार रुपैयाँको लेखापरीक्षण गर्दा २ करोड ५३ लाख ६४ हजार रुपैयाँ बेरुजु देखिएको हो ।
ककनी गाउँपालिकाको १ दशमलव ६३ प्रतिशत अर्थात् २ करोड ३ लाख २६ हजार बेरुजु छ । त्यहाँ १ अर्ब २४ करोड ६८ लाख २४ हजार रुपैयाँको लेखापरीक्षण भएको थियो ।
किस्पाङ गाउँपालिकाको ९७ करोड ३७ लाख ५९ हजार रुपैयाको लेखापरीक्षण गर्दा ५ करोड १६ लाख ९० हजार रुपैयाँ बेरुजु देखिएको छ ।
तादी गाउँपालिकाको ९७ करोड ९९ लाख ८७ हजार रुपैयाको लेखा परीक्षण गर्दा २ करोड २४ लाख ४ हजार बेरुजु देखिएको छ । यस्तै दुप्चेश्वर गाउँपालिकाको १ अर्ब ४ करोड ८५ लाख ५ हजार रुपैयाँको लेखा परीक्षण गर्दा २ करोड ५८ लाख १२ हजार रुपैयाँ बेरुजु छ । पञ्चकन्या गाउँपालिकाको ९२ करोड ८२ लाख ५९ हजार रुपैयाँको लेखापरीक्षण गर्दा १ करोड ८५ लाख २८ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
म्यागङ गाउँपालिकाको ८० करोड १ लाख ७७ हजार रुपैयाँको लेखापरीक्षण गर्दा १ करोड ९२ लाख ५२ हजार रुपैयाँ, लिखु गाउँपालिकाको ९० करोड ६ लाख ७२ हजार रुपैयाँ लेखापरीक्षण गर्दा ३ करोड ३६ लाख ७२ हजार रुपैयाँ, शिवपुरी गाउँपालिकाको १ अर्ब १५ करोड ३८ लाख २९ हजार रुपैयाँको लेखापरीक्षण १ करोड ५५ लाख ९८ हजार रुपैयाँ र सुर्यगढी गाउँपालिकाको ८७ करोड ९ लाख ६६ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ६ करोड २० लाख ३० हजार रुपैयाँ बेरुजु देखिएको छ ।








































