सेयर
काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले झापाको दमक नगरमा लिची र कागतीका एक लाख वटा बिरुवा रोप्ने भएको छ । सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत दमकमा एक घर, एक लिची र कागतीको बिरुवा रोप्न लागिएको माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्यले जानकारी दिनुभयो ।
नागरिकलाई उत्पादनसँग जोड्ने नीति अनुसार पाँच वर्ष भित्र दमकलाई लिची र कागतीमा आत्मनिर्भर बनाउने अभियानअन्तर्गत माओवादीले भोलिदेखि दमकका प्रत्येक घरमा विरुवा रोप्ने जनाएको छ ।
बिरुवा रोप्नेसँगै सशस्त्र युद्धमा सहयोग गर्ने दमकका एक हजार दुई सय वटा परिवारलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को शुभकामना पत्रसमेत सम्मान स्वरुप हस्तान्तरण गरिने माओवादी केन्द्रले जनाएको छ ।
shere this