अमेरिकाको कठपुतली पेरुको तात्कालिन शासक फुजीमोरीले सन् १९९२ मा गिरफ्तार गरेर २९ वर्षसम्म बन्दी बनाइएका गोञ्जालोको जेलमै मृत्यु भएको छ। उनले कथित माओवादीहरुको अन्तर्राष्ट्रिय संगठन रीम (RIM- Revolutionary Internationalist Movement) लाई CIA ले चलाएको आसंका गरेर त्यसमा सामेल हुन इन्कार गरेका थिए, जसको मूख्य नेता बब अभाकियन नामका अमेरीकी थिए। पहिले माेहनविक्रम सिंकाे दल र पछि पुष्पकमल-बाबुरामकाे हत्याराे विदेशी दस्ता रीमकाे मुख्य सदस्यका रूपमा थिए।
एउटा राजबन्दीलाई २९ बर्षसम्म जेलमा राखेर मार्ने जंगली अमेरीकनहरुले अरुलाई मानव अधिकार र प्रजातन्त्रको ब्वाँसे उपदेश दिंदै विश्वभरी रगतको ब्यापार गरिरहेका छन्। गोञ्जालो पश्चिमा प्रजातन्त्र र मानव अधिकारको कुरुप चेहराको शिकार भएका छन्। ल्याटीन अमेरीकामा अमेरीकी साम्राज्यवाद विरोधि दृढ खम्बा मानिएका गोञ्जालोप्रति हार्दिक श्रद्धाञ्जली !
Recent Comments