नेकपा(वोल्शेभिक)ले प्रधानमन्त्री ओलीले गरेको संसद विघटन फाँसीवादको सुरुवात भएको बताएको छ । पार्टीले एक विज्ञप्ती जारी गर्दै ओली सरकारले गरेको संसद विघटन प्रतिक्रियावादीहरुको फासिवाद लाद्ने गम्भीर षदयन्त्रको शुुरुवात भएको बताएको छ ।
यो कदमले सरकार र सत्ता व्यवस्था जनविरोधी छ भन्ने थप प्रमाण भएको वोल्शेभिकले जनाएको छ ।
यस्तो छ विज्ञप्ती ः
०७७ पुष ५ गते ओली सरकारले गरेको संसद विघटन र मध्यावधी चुुनावको घोषणा वारे नेकपा(वोल्शेभिक)को अपिल
१) यस कदम साम्राज्यवादीहरु र देश भित्रका प्रतिक्रियावादीहरुको फासिवाद लाद्ने गम्भीर षदयन्त्रको शुुरुवात हो ।
२) यस कदम अन्तर्राष्ट्रिय साम्राज्यवाद र देशीय प्रतिक्रियावादी सरकार र सत्ता व्यवस्थामा आएको संकटको अभिव्यक्ति पनि हो ।
३) यस कदम वर्तमान सरकार र सत्ता व्यवस्था जनविरोधी छ भन्ने थप प्रमाण हो ।
४) वर्तमान सरकार र सत्ता व्यवस्थाको क्रान्तिकारी जनपक्षीय विकल्पलाई मूल लक्ष्य वनाएर नयाँ संयुुक्त जनआन्दोलनको ठोस तयारी गरिनुु पर्दछ भन्ने नेकपा(वोल्शेभिक)को निर्णय सही सावित भएको छ । यस कदमले क्रान्तिलाई तात्कालिन कार्यसूचीमा ल्याइदिएर नकारात्मक रुपले क्रान्तिलाई सहयोग गरेको छ ।
५) यसै प्रतिक्रियावादी सरकार र सत्ता व्यवस्थालाई सुुधार गर्ने, संंसद पुुनस्थापना गर्ने वा नयाँ संसदिय चुुनाव गर्ने जस्ता कदमले वर्तमान गम्भीर समस्याको सही समाधान गर्न सक्दैन । तसर्थ सरकार र सत्ता व्यवस्थाको जनपक्षीय मालेमावादी विकल्पलाई तत्काल देखि नै मूल लक्ष्य वनाएर नयाँ संयुुक्त जनआन्दोलनको ठोस तयारी, योजना निर्माण र शुुरुवात गरिनुुपर्दछ ।
६) यस कदमले नयाँ ध्रुवीकरण ल्याउनेछ । नयाँ परिस्थितिको मुूल्यांकन गर्दै पार्टी एकता, क्रान्तिकारी संयुुक्त मोर्चा, बृहत कार्यगत एकता र तालमेललाई मालेमावादको आधारमा अघि वढाईनु पर्दछ ।
नेकपा(वाेल्शेभिक)
२०७७ पुस ५