नेत्र विक्रम चन्द विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी) ले काठमाडौँको पशुपति बहुमुखी क्याम्पसमा चरम वेथिति बढेको भन्दै कारबाहीको चेतावनी दिएको छ । संगठनको पशुपति बहुमुखी क्याम्पस इकाई समितिले सञ्चालक समितिका प्रमुख विष्णुप्रसाद पन्त सहित ६ जनाको तस्बिर सार्वजनिक गरेर चेतावनी दिएको हो ।
संगठनले ऐतिहासिक महत्त्वको पशुपति बहुमुखी क्याम्पसमा चरम भ्रष्टाचार , बेथिति, लगायत मनोमानी ढंगले काम गरेको भन्दै मणिरत्न पराजुली , मदन उपाध्याय , प्रयागराज भट्टराई , हिकमत बस्नेत र सरिता लामिछानेको तस्बिर सार्वजनिक गरेको छ । विद्यार्थी आन्दोलनको अग्रमोर्चामा रही अग्रगामी परिवर्तनको साथ सामाजिक रुपान्तरण, न्याय र समानताको अग्रणी संगठन अखिल (क्रान्तिकारी) शिक्षा क्षेत्रमा भएको तमाम विकृति विसंगती भ्रष्टचारको विरुद्ध निरन्तर संघर्ष गर्दै निशुल्क सर्वसुलभ शिक्षा, राष्ट्रियता, जनतन्त्र र जनजिविकाको पक्षमा निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै पशुपति क्याम्पस घोटाला काण्डका कसैलाई नछाड्ने अखिल (क्रान्तिकारी) ले जनाएको छ ।
कारबाहीको कारण खुलाउँदै अखिल (क्रान्तिकारी) ले यसअघि नै उक्त घोटालामा संलग्न सबैलाई कारबाही गर्ने र सार्वजनिक गर्ने चेतावनी दिएको थियोे । यसअघि नै सञ्चालक समितिका प्रमुख विष्णुप्रसाद पन्तलाई अखिल (क्रान्तिकारी ) ले कालोमोसो दलेको थियोे । पन्तलाई पटकपटक छलफलमा बस्न बाेलाएपनि भाग्दै हिँडेको , करोडौं घाेटाला गरी राजिनामा दिएर भाग्न खाेजेकाे लगायतका आरोपमा कारबाही गरिएको अखिल (क्रान्तिकारी)ले विज्ञप्तिमार्फत् जानकारी दिएको थियोे ।