कवि समर चेम्जोङ “आभास” को कवितासंग्रह “निलो परदेश” को कृति समीक्षा तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । साहित्य संगम नुवाकोटको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा भएको कार्यक्रममा डा दामोदर पुडासैनी र ज्योति जंगलले कृति समीक्षा गर्नुभएको थियो ।
डा देवी नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिस्ट अतिथि श्रवण मुकारुङले कृतिमाथि चर्चा गर्नुभयो। साहित्य संगम नुवाकोटकी अध्यक्ष सुमित्रा सुमीको अध्यक्षतामा भएको कार्यक्रममा गजलकार अमन एकलले सहजीकरण गर्नुभएको थियो ।
कवि शम्भु गजुरेलको स्वागत मन्तव्य रहेको कार्यक्रममा श्रीधर पाण्डेले संस्थाको अवस्थाको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा कवि रुपा थापा, राम प्रसाद मिश्र, अजित उत्सवलगायले कृतिमा समेटिएका केही कविताहरू वाचन गर्नुभएको थियो ।
कार्यक्रममा कृतिकार समर चेम्जोङको सिर्जना जन्मने परिवेशको बारेमा आफ्नो भनाई राख्नुभएको थियो ।