काठमाडौँ १७ मंसिर ।
आइतबार सम्पन्न उपनिर्वाचनको नतिजामा नेकपा एमाले भन्दा नेकपा माओवादी केन्द्र प्रभावशाली देखिएको छ । निर्वाचन आयोगका अनुसार १६ वडा जितेर पहिलो स्थानमा आउँदा दोस्रो स्थानमा माओवादीले एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्षसहित ६ वटा वडा जितेको छ । नेकपा (एमाले) ले एक अध्यक्ष, एक उपाध्यक्षसहित ५ वटा वडामा जित हात पारेको छ।
जनता समाजवादी पार्टी, नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक-एक स्थानमा जित हासिल गरेका छन्।
कहाँ कहाँ जित्यो माओवादीले
उदयपुरको त्रियुगा नगरपालिका-१२ माओवादी केन्द्रका नवीनकुमार बान्तवा राई निर्वाचित हुनुभएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका-१ मा माअोवादी केन्द्रका सुनील कापर केवट विजयी हुनुभयो ।
नुवाकोटको ककनी गाउँपालिका-२ मा माओवादी केन्द्रका कृष्ण घिमिरे निर्वाचित हुनुभएको छ । यस्तै गोरखा नगरपालिका-५ माओवादी केन्द्रका विष्णुबहादुर मगर र रोल्पाको पुथा उत्तरगंगा-२ मा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध वडाध्यक्ष चुनिनुभएको छ ।
मोरङको ग्रामथानको अध्यक्षमा नमोनारायण माझी ६ हजार ९ सय ६९ मत ल्याएर निर्वाचित हुनुभयो ।
जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा देवका लामिछाने र
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को अध्यक्षमा नरबहादुर झाक्री निर्वाचित हुनुभएको छ ।