नुवाकोट ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बेलकोटगढी नगरपालिका-५ नुवाकोटको वडा सम्मेलनले पूर्ण भूर्तेलको नेतृत्वमा १९ सदस्यीय नयाँ समिति चयन गरेको छ ।
सोमबार वडा नम्बर ५ मा भएको वडा सम्मेलनले नयाँ समिति बनाएको हो । समितिको उपाध्यक्षमा चिरञ्जीवी अधिकारी र अन्मेश श्रेष्ठ, सचिवमा आमाेद नेपाल, सह सचिवमा प्रशान्त राेक्का र कोषाध्यक्षमा मालती पाैडेल रहनुभएको छ । समितिको सदस्यमा कृष्णप्रसाद न्यौपाने, सोमप्रसाद लामिछाने, रामकुमार भट्ट, रामकृष्ण विश्वकर्मा, निश्चल श्रेष्ठ, आत्माराम लामिछाने, पोषप्रसाद नेपाल, रिता लामिछाने, सञ्जय कुँवर, धनबहादुर लामिछाने, दीपक अधिकारी, देवराज ढकाल र गणेश बहादुर श्रेष्ण रहनुभएको छ ।
पार्टी वडाध्यक्ष रामकुमार भण्डारीको अध्यक्षतामा भएको भेलामा बाग्मती प्रदेश सदस्य नारायण नेपाल लगायतका नेताहरुले बोल्नुभएको थियो । माओवादीले ४ महिनासम्म चलाएको जनतासँग माओवादी अभियानअन्तर्गत गाउँस्तरमा पार्टी संगठन सुदृढीकरण र जनपरिचालनका कामहरु भइरहेका छन् ।