सेयर
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ध्रुव रावलले महासंघ केन्द्रीय कार्यालयलाई २ वटा अक्सिजनसहितका सिलिण्डर उपलब्ध गराउनुभएको छ । केन्द्रीय कार्यालय सञ्चारग्राम काठमाडौँमा कोरोना सङ्क्रमित पत्रकारलाई लक्षित गरेर निर्माण गरिएको आइसोलेसनका लागि रावलले २ वटा अक्सिजन सहितकाे सिलिन्डर उपलब्ध गराउनुभएको हो ।
नेपालमा कोरोना सङ्क्रमणबाट पत्रकारहरु बढि जोखिममा परेर उपचार पाउने अवस्था नदेखिएपछि महासंघले केन्द्रीय कार्यालयमै चिकित्सकीय सेवासहितको आइसोलेसन निर्माण गरेको छ ।
संक्रमित पत्रकारको सङ्ख्या बढेको र उपचारमा सहज होस् भन्ने हेतुले अक्सिजन सहयोग गरेको केन्द्रीय सदस्य रावलले बताउनुभयो ।
देशभर हालसम्म करिब ८ सय जना पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रणका कारण १३ जना पत्रकारको मृत्यु भएको छ ।
shere this