नुवाकोट ।
नुवाकोटको बेलकोटगढी नगरपालिका ४ मा नेकपा (माओवादी केन्द्र)को भातृ संगठन वाइसियलको वडा कमिटी गठन भएको छ । शनिबार बेलकोटगढीमा भएको भेलाले विरेन्द्रबहादुर गुरुङको अध्यक्षतामा २० सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षहरुमा सन्तबहादुर तामाङ, दीपक लामा र हर्कबहादुर गुरुङ रहनुभएको छ ।
यस्तै सचिवमा मानबहादुर तामाङ, सहसचिवमा अमित पौडेल र बालकृष्ण तामाङ तथा कोषाध्यक्षमा बिना गुरुङ रहनुभएको छ । सदस्यहरुमा रवि पौडेल, सुकमान तामाङ, विशाल तामाङ, रामबहादुर गुरुङ, सन्तबहादुर गुरुङ, रामबहादुर तामाङ, बालकृष्ण तामाङ, मानबहादुर तामाङ, राजु गुरुङ, निरज गुरुङ र बिक्रमबहादुर तामाङ रहनुभएको छ ।
सुमन तामाङको अध्यक्षतामा भएको भेलामा प्रदेश सांसद एवं नेकपा (माओवादी केन्द्र)का बाग्मती प्रदेश उपाध्यक्ष रामप्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो । भेलामा बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर गुरुङ, नेकपा (माओवादी केन्द्र) बेलकोटगढी नगर इन्चार्ज नविन पुडासैनी, नेकपा (माओवादी केन्द्र) बेलकोटगढी नगर अध्यक्ष शिवप्रसाद पौडेल, नेकपा (माओवादी केन्द्र) बाग्मती प्रदेश सदस्य नारायण नेपाल, वाइसियल बाग्मती प्रदेश सहइन्चार्ज प्रकाश लामा लगायतको उपस्थिति रहेको थियो ।