सेयर
काठमाडौं ।
रोल्पामा भएको बम विष्फोटमा मृत्यु भएका बालबालिकाको सनाखत भएको छ । त्रिवेणी गाउँपालिका ७ गैरीगाउँमा बम विस्फोटमा परी ४ बालबालिकाको मृत्यु भएको हो ।
त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्त कुमार वलीले जानकारी दिएअनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका ७ का १४ वर्षीय लोकिराम डांगी, ११ वर्षीया बिमला डांगी, ५ वर्षीय विजय खत्री र सोही गाउँपालिका ४ का १३ वर्षीय गौरव नेपाली रहेका छन् ।
रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले सशस्त्र द्वन्द्वका समयमा तत्कालीन विद्रोही माओवादीले लुकाएर राखेको बम बालबालिकाहरूले बाख्रा गाेठालाे गएर फर्कने क्रममा भेट्टाएको र खेलाउँदा विस्फोट भएको हुन सक्ने बताए । घटनास्थलमा रहेको अर्को बम पनि भेटिएको छ । सो बम सेनाले डिस्पाेज गरेको छ।
shere this
Recent Comments