सेयर
हेम बहादुर खड्का (राज)
मेरो पू्र्खाले ७ सालमा प्रजातन्त्रका निम्ति छेडेको आन्दोलनको बाली न मेरा बाजेले भित्र्याउन सके न मेरा बा ले त्यसको स्वाद थाहा पाए, न मैले प्रजातन्त्रको अनुहार देख्न पाएँ मैले निरन्तर त्यो लडाइँ लड्न परेको छ ।
किनकी व्यवस्था फेरियो, शासक फेरिए, प्रणाली फेरिएन ।
बाजेले १५ सालमा लडेको लडाइँ १७ सालमा राजाले गरेको कु पछी निकै तात्यो रे, २७ सालमा एक ढकाल परिवारको कत्लेआम गर्ने क्रान्तिकारी बाजे अहिले सत्तामै छ्न यो त्यति परको कुरै भएन, व्यख्या गर्दा लामो हुन्छ,
यो बिचमा मेरो बा ले पन्चायत बिरुद्धको जेहाद छेडेर ल्याएको बहुदलीय व्यवस्था स्मरण मात्रै गरौँ, ३६ साल को आन्दोलन र ४६ सालको जनआन्दोलन ४७ सालको निर्बिकल्प संविधान (राजा, कङ्रेस, कम्युनिस्ट सबैको सन्युक्त) अनि ४८ देखिकै बिद्रोह ५२ सालको जनयुद्ध ७ दलको नेतृत्वमा ६२-६३ को जनआन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा ।
पहिलो संविधान सभाको र विघटन ७२ सालको संविधान फ़ेरि पनि दलहरूको प्रगतिशील संविधान , बिकास र समृद्धिका लागि स्थिर सरकारको आवश्यक्ता र धेरै पछिको आम निर्वाचन स्थानीय सरकार , प्रदेश सरकार र केन्द्रीय सरकारको स्थापना , झन्डै २ तिहाइको सरकार भएको सत्ताधारी पार्टीको लेनदेनको फुट र राजनीतिक स्थिरता र वैदेशिक चलखेल,
पर एउटा आर्क बाट उभिएर हेरौं,
यहाँ पात्र फेरिए, पटकपटक परिवर्तनको नेतृत्व गर्ने व्यक्तिहरु र दलहरूले सत्ता चलाए, नाममा या कागजी दस्तावेजमा व्यवस्था पनि फेरियो, तर मेरो पू्र्खा, बाजे, बा र मेरो अबस्था फेरिएन ।
किन?
किनकि यहाँ व्यवस्था फेरियो प्रणाली फेरिएन ।
प्रजतन्त्र कै नारा दिएर , गिरिजा पटकपटक प्रधानमन्त्री बने, उनको दलको शेर बहादुर देउवा जि फेरि हात हेराउदै हुनुहुन्छ , प्रधानमन्त्री बन्ने पक्का ज्योतिषले गरे अरे, उनको दलबाट अरु पनि प्रधानमन्त्री भएका छन, प्रजातन्त्रका निम्ति सयौंले दिएको बलिदानीको यति ठूलो अपमान भयो कि, जनता निकै नै उद्देलित बने,
२७ सालको सशस्त्र विद्रोहको त माथी नै कुरा गरे, १७ हजार रेकर्ड भएको तथ्याङ्क मै नभएका, बेपत्ता पारिएका त कति हो कति, ५ हजार म जिम्मा लिन्छु भन्दै बोल्न थाले, जसले संसदीय व्यवस्था ध्वस्त बनाएर जनवादी व्यवस्था ल्याउने भनेर यत्रो बलिदानी गराएका थिए, अन्तिममा आजभोलि त संसदीय व्यवस्थाका रक्षक पो भएर निस्के, सुर्य चुनाव चिन्ह उनको अन्तिम लडाइँ भएको छ ।
अब वैज्ञानिक समाजवादी सत्ता निर्माण गर्ने एकीकृत जनक्रान्ती गर्न निस्केका बिप्लवको नेतृत्वमा दर्जनौंको बलिदान भैसकेको छ, बाकी कतिले बलिदानी दिदा त्यो व्यवस्था आउला ? गार्हो छ एकिन गर्न , बैज्ञानिक समाजवादी सत्ता त भन्ने तर कस्तो सत्ता थाहा छैन, त्यसको स्पस्ट खाका जनतालाई थाहा छैन । ७ बर्स सम्म एउटा बैज्ञानिक सत्ताको नमुना बनाउन सकेको खै? व्यवस्था त आउला तर कस्तो आउला थाहा छैन, प्रणाली उहीँ पुरानो नै हो कि ?
म उत्तरदायी राज्यसत्ता र कर्तव्यनिस्ठ नागरिक निर्माण गर्ने कार्यदिशा खोजिरहेछु । व्यवस्था सङ्गै प्रणाली फेर्ने मार्गदर्शक नेतृत्व हेरिरहेछु ।
मेरा बाजेले खोजेको पनि त्यही थियो, मेरो बिद्रोह , मेरो त्याग , बलिदानी र समर्पणले एउटा तुफानी ल्यावस, आमूल परिवर्तन होस् , फेरि मुलुकले त्यो क्षति बेहोर्नु नपरोस् , जुन महान उदेश्यमा मैले पसिना, आँसु र रगत बगाएको छु , यो आन्दोलन , यो संघर्ष सार्थक बनोस् ।
तर बिडम्बना भनौं ? स्थिति उही छ, मेरा बाजेले मेरा बा ले अनि मैले पनि उस्तै खाले आन्दोलनमा भाग लिन परेको छ, संघर्ष गर्नु परेको छ किन ?
किनकी केन्द्रीकरण-व्यक्तिवादी-अधिनायकवादी चिन्तनभन्दा माथी राजनीति उठ्न सकेको छैन ।
राजनीतिक सचेतनाको मशाल हरेक चुल्हो सम्म पुग्न सकेको छैन, राजनीतिक दलहरूले पुर्याउन चाहेका पनि छैनन्, त्यो सचेतना पुगेका दिन मशाल यिनका टाउको बर्सिने छन , यसैले पनि उनिहरु फेरि जनतालाई गुमराहमा राख्न चाहन्छ ।
ती नारा अहिले विकास, शान्ति, शुसासन र समृद्धिको भएका छन्, ती नारा केबल साधन हुन् । भ्रम नपरौँ, नाराहरुले रास्ट्र बन्दैन, रास्ट्र बन्न त बिकास निर्माण र समृद्धिको खाका चाहिन्छ, त्यो प्रणाली चाहिन्छ जसले यो रास्ट्र समृद्ध बन्न सक्छ र नेपालीहरुको जीवन सुखी बन्न सक्छ ।
आज सम्म दलहरूले नारा लिएर आए , त्यो खाका ल्याएनन , आफ्नो सत्ता आए पछि यो वा त्यो दिने उधारो राजनीतिले यिनिहरु राज्यदोहन गरिरहेका छन, आफु र आफ्नो पुस्तौंपुस्तालाई पुग्ने सम्पत्ति आर्जन गरिरहेका छन, नाराहरुकै भर्र्याङ् बनाएर सत्ता आरोहण गरिरहेका छन , सत्ता बाहेकका बाकी सबै कुरा भ्रम हुन ।
अबको क्रान्ति वा आन्दोलन बिज्ञान र प्रबिधि सङ्ग अन्तर्निहित छ, यसलाई प्रमुख उत्पादक शक्तिका रुपमा चिनेपछी मात्रै यसलाई उपयोग गर्न सकिन्छ त्यो श्रमजीवी बर्गले पहिचान गर्ने ठोस गर्ने र बदल्ने कार्यनीति लिनु पर्दछ , यसो गर्न सकियो भनेमात्रै दलालपुजिवादलाई परास्त गर्न सकिन्छ उत्पादक शक्तिमा आएको गुणात्मक परिवर्तनले त्यो व्यवस्थाको अन्त्य गर्ने निश्चिति गरेको हुन्छ, यसलाई दरोगरी पकड्नु पर्दछ ।
त्यसैले प्रणाली फेर्ने एउटा सचेत आन्दोलन उठाउ जहाँबाट परिवर्तनको स्वाधीन सत्ता स्थापना होस् , फेरि स्वाधीनताको अर्को आन्दोलन गर्न नपरोस् । सचेत बनौं , हरेक चुल्हो सम्म सचेतना पुर्याउँ ।
shere this