प्रधिनिधि सभाको विशेष अधिवेसनमा विस्वासको मत मागेका प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । संसदका बहुमत सदस्यले ओलीको विपक्षमा मतदान गरेपछि ओली स्वतः पदमुक्त भएका हुन् ।
२३२ सदस्य उपस्थित संसदमा प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ र १५ जना तटस्थ रहे । प्रधानमन्त्रीलाई विस्वासको मत प्राप्त गर्न १३६ मत आवश्यक थियो । ओली आफै अध्यक्ष रहेको लल एमालेका १२१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा उपस्थित नै भएनन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिए । जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसे ।
प्रतिनिधि सभाको अर्को बैठक मिति २०७८ साल वैशाख ३० गते विहिबार दिउँसो १ बजे बस्ने छ ।









































