सिनामंगलस्थित केएमसी अस्पताल तनावग्रस्त बनेको छ । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।
आइतबार लो प्रेसरको लक्षण देखिएपछि उपचारको लागि हिँडेर अस्पताल आएकी ५६ वर्षकी लक्ष्मी कुँवरको हिजो साँझ निधन भएको हो । मृतकका आफन्तले आज बिहान अस्पतालको इमर्जेन्सी, तल्लो तलाको ओपिडी, झ्यालको सिसा तोडफोड गरेका छन् । उनीहरूले अस्पतालको बा८च ८५०५ नम्बरको एम्बुलेन्समा समेत क्षति पुर्याएका छन् ।
आफन्तहरूले ‘हिजो साँझ मृत्यु भएपनि आफन्तलाई भेट्न र हेर्न नदिइएको एवम् आज बिहान मात्र मृत्युको खबर दिएकाले निधनप्रति शंका लागेको बताएका छन् ।’
तोडफोडको घटनालगत्तै सशस्त्र प्रहरीको विपद् उद्धार गणका झण्डै ४० जना र महानगरीय प्रहरी वृत्त गौशालाका त्यत्तिकै संख्याका सुरक्षाकर्मी परिचालन गरेपछि स्थिति नियन्त्रणमा आएको प्रहरीले बताएको छ । प्रहरीले तोडफोडमा संलग्नमध्ये पाँच जनालाई अहिले महानगरीय प्रहरी वृत्त गौशाला पुर्याएको छ ।
Recent Comments