सेयर
बाँके ।
बाँकेमा गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । राप्तीसोनारी २ स्थित पूर्बपश्चिम राजमार्गको मुगुवा खोला नजिक दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो । ११ जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा
भारतबाट नेपाल प्रवेश गरेका ब्यक्तिलाई लिएर नेपालगन्जबाट सल्यान जाँदै गरेको ना ५ छ ५९९५ को फोर्स गाडी राती १२ बजेतिर ट्रकसंग ठोक्किएर दुर्घटनामा परेको हो । घाइते २१ जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्य ५ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
घाइते सबैको भेरी अस्पतालमा उपचार भैरहेको बाकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिए ।
shere this