२०७२ मा भुकम्प आयो
एउटा घर हुनेले नि ४/५ वटा पायो ।।
गोठ लडे, कुखुरा मरे, गाई खोला त
रेजनप्रतिनिधिले नि खै के नै गरे ।।
हे वडा, हे नगर, हे सरकार
कति भन्छौ अब मुख आँ… गर ।।
भोलि पाउँछस्, पर्सि पाउँछस्, भन्दै कति भुक्छस्
घरी घरी यसैगरी भुकम्प पिडितका मुखमा कति मुत्छस् ?
हे दाजु, हे काका तिमिलाइ नै छ छुट
अझै नि जनतालाइ बोल्छौ कति झुट ?
तिमिलाइ नै चाहिएको छ अनुदान र भत्ता
यहि हो मौका लुट्नु लुट तिम्रो नै छ सत्ता ।।
एउटै परिवारको तिमी बाउ आमा छोरा छोरी
थुक्क तिम्रो लाजनिती रैछ कति फोहोरी ।।
बाउ सुत्ने कोठा देखाउने
आमा मकै भुट्ने कोठा देखाउने ।।
छोराले मुत्ने कोठा देखाउने
छोरीले चुठ्ने कोठा देखाउने ।।
खाउ खाउ सातपुस्ता पुग्नेगरी खाउ
खाएर अघाएसी तिम्रा मुख यहाँ नदेखाउ ।।
सुन्दर नेपाल
बेल्कोटगढी नगरपालिका
वडा नं – ५ , नुवाकोट