सेयर
काठमाडौँ ।
बडादशैँको अवसर पारेर कोटे अल इन वन रिसोर्टले प्रत्यक्ष सांगितिक कार्यक्रम गर्ने भएको छ । काठमाडौँ टोखास्थित झोरमा रहेको रिसोर्टमा यही असोज २८ गते साँझ साढे ३ बजेदेखि साढे ७ बजेसम्म लाइभ म्युजिक प्रोग्राम हुने रिसोर्टका सञ्चालक कृष्ण पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा चर्चित लोकदोहोरी कलाकार चन्दा खत्री र शेर थामीको प्रस्तुती रहने छ ।
कार्यक्रमका लागि एकल टिकट २५ सय, युगल टिकट ४ हजार र परिवार टिकट ६ हजारको रहेको छ । लाइभ कन्सर्टसँगै स्थानीय परिकारको स्वादसहित विभिन्न अफरसमेत राखिएको आयोजकले जनाएको छ ।
shere this