एजेन्सीः
सन् २०१९ को डिसेम्बर अन्तिमदेखि संक्रमण फैलिएको कोरोना भाइरसका कारण विश्वभर मर्नेको संख्या १ लाख ९० हजार नाघेको छ ।
गत २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ६ हजार ५ सय ६९ जनाले ज्यान गुमाएका छन्। यो सँगै मृत्यु हुनेको संख्या १ लाख ९० हजार ४ सय ९६ पुगेको वल्डोमिटरले जनाएको छ।
विश्वभर कोरोना संक्रमितको संख्या २७ लाख १६ हजार ३ सय २० पुगेको छ। संक्रमितमध्ये सात लाख ४५ हजार ३ सय ४३ जना उपचारपछि निको भएका छन्। पछिल्लो २४ घन्टामा सबैभन्दा बढी अमेरिकामा २ हजार ३ सय २२ जनाको मृत्यु भएको छ।
अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४९ हजार ८ सय ४२ पुगेको छ। त्यहाँ अहिलेसम्म ८ लाख ८० हजार १ सय ३६ जना संक्रमित भएका छन्।
इटालीमा हिजो एकैदिन ४ सय ६४ जनाको मृत्यु भएको छ। यो सँगै इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ हजार ५ सय ४९ पुगेको छ।
स्पेनमा अहिलेसम्म मृतकको संख्या २२ हजार १ सय ५७ पुगेको छ। त्यहाँ संक्रमितको संख्या २ लाख १३ हजार नाघेको छ। फ्रान्समा मृतकको संख्या २१ हजार ८ सय ५६ पुगेको छ।
बेलायतमा १८ हजार सात सय ३८ मृतक पुगेका छन् । ब्राजिलमा हिजो ४ सय ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यहाँ संक्रमितको संख्या झण्डै ५० हजार पुगेको छ। जर्मनीमा २६०, बेल्जियममा २२८, टर्कीमा ११५, क्यानाडामा १७३, मेक्सिकोमा ११३, नेदरल्यान्डमा १२३, इरानमा ९० र स्वीडेनमा ८४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। भारतमा गएको २४ घन्टामा ४० जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या ७ सय २१ पुगेको छ भने संक्रमित २३ हजार ३९ पुगेका छन्।